फोटोन मोटर्सले इलेक्ट्रिक भ्यान बजारमा ल्याउँदै
फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान र स्कूल भ्यान केही महिनाभित्रै नेपाली बजारमा आउने भएको छ । फोटोन मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले गाडी नेपाली बजारमा भित्र्याउन लागेको हो ।
फोटोनका यी भ्यानहरु १०० किलोवाट भन्दा बढी इन्जिन क्षमताको रहेको बताइएको छ । यी भ्यानको रेञ्ज सिङ्गल चार्जमा २५० किलोमिटर रहेको छ। फोटोन मोटर्सले वातावरणमैत्री एवम् जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने कार्गो भ्यान नेपाली बजारमा ल्याउने भएको विज्ञप्तिमा जनाइएको छ ।
लिथियम ब्याट्रीबाट सञ्चालन हुने बिजुली बस, कार, मोटरसाईकल, स्कुटर आदि उत्पादनमा चीन अरु राष्ट्रहरु भन्दा धेरै माथि रहेको अवस्था छ । उत्पादन संख्या धेरै भएको चिनका उत्पादकहरुले विश्व बजारमा धेरै संख्यामा गाडी तथा ब्याट्रीहरु सुपथ मूल्यमा मागअनुसार निर्यात गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा
-
कोलकाता नाइट राइडर्सका यी खेलाडीमाथि एक खेलका लागि प्रतिबन्ध, यस्तो छ कारण
-
पर्यटन बोर्डको सीईओ छनोट प्रक्रिया अवरुद्ध, रिट अग्राधिकारमा
-
बायर्न म्युनिखलाई उसैको मैदानमा बराबरीमा रोक्यो रियल म्याड्रिडले
-
यी हुन् अफगानिस्तानको टी–२० विश्वकप खेल्ने खेलाडी
-
मन्त्री बन्न नपाएपछि माओवादी सांसद विष्टले दल नेतालाई दिए ‘श्री ३ शर्मा महाराज’को संज्ञा