फोटोन मोटर्सले इलेक्ट्रिक भ्यान बजारमा ल्याउँदै
फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान र स्कूल भ्यान केही महिनाभित्रै नेपाली बजारमा आउने भएको छ । फोटोन मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले गाडी नेपाली बजारमा भित्र्याउन लागेको हो ।
फोटोनका यी भ्यानहरु १०० किलोवाट भन्दा बढी इन्जिन क्षमताको रहेको बताइएको छ । यी भ्यानको रेञ्ज सिङ्गल चार्जमा २५० किलोमिटर रहेको छ। फोटोन मोटर्सले वातावरणमैत्री एवम् जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने कार्गो भ्यान नेपाली बजारमा ल्याउने भएको विज्ञप्तिमा जनाइएको छ ।
लिथियम ब्याट्रीबाट सञ्चालन हुने बिजुली बस, कार, मोटरसाईकल, स्कुटर आदि उत्पादनमा चीन अरु राष्ट्रहरु भन्दा धेरै माथि रहेको अवस्था छ । उत्पादन संख्या धेरै भएको चिनका उत्पादकहरुले विश्व बजारमा धेरै संख्यामा गाडी तथा ब्याट्रीहरु सुपथ मूल्यमा मागअनुसार निर्यात गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण