भिभोद्वारा नेपालमा तीन नयाँ स्मार्टफोन सार्वजनिक
भिभोले आफ्नो भि र वाई सिरिजका तीनवटा स्मार्टफोनहरू – भि २३ फाइभजी, वाई ३३ एस र वाई ०१ नेपालमा सार्वजनिक गरेको छ । यी नयाँ स्मार्टफोन सस्तो र उत्कृष्ट रहेको कम्पनीको भनाइ छ ।
भिभो नेपालका सिईओ माइकलले नयाँ स्मार्टफोनले उपभोक्ताको मन जित्ने विश्वास व्यक्त गरे ।
“भिभोमा, हामी आफ्नो व्यक्तित्व झल्काउन साहसी एवं नयाँ तरिकाहरू खोज्ने प्रयोगकर्ताहरुका लागि नवाचार, अत्याधुनिक क्षमताहरु र स्टाइलको संयोजन गरी उत्कृष्ट मोबाइल अनुभव सिर्जना गर्ने प्रयास गर्दछौं । भि २३ फाइभजीले विशिष्ट गुणस्तरीय सेल्फी र पोर्टलेट शटहरूको लागि विभिन्न पक्षहरूमा उत्कृष्ट क्यामेरा क्षमताहरु प्रदान गर्दछ साथै हल्का तौल र सुरुचिपूर्ण डिजाइनले यसलाई फेशनेबल बनाउँछ तर अद्वितीय रङ–परिवर्तन विशेषताले गर्दा यो अन्यभन्दा अझ अलग छ । आज सार्वजनिक भएका तीनवटै स्मार्टफोनले प्रयोगकर्ताको मन जित्ने हाम्रो विश्वास रहेको छ” उनले भने ।

भिभोका तीनवटा स्मार्टफोनहरु – भि २३ फाइभजी, वाई ३३ एस, वाई ०१ आजबाट देशभर उपलब्ध रहने कम्पनीले जनाएको छ । भिभो भि २३ फाइभजीको मूल्य रु ५५,९९९ रहेको छ र यो ८ जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा सनसाइन गोल्ड र स्टारडस्ट ब्ल्याक रंगमा उपलब्ध हुनेछ ।
यस्तै वाई ३३ एस रु २९,९९९ मा ८ जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा मिरर ब्ल्याक र मिडडे ड्रीम रंगमा उपलब्ध हुनेछ । वाई ०१ रु १३,९९९ मा २ जीबी प्लस ३२ जीबी स्टोरेज भेरियन्टमा एलिगेन्ट ब्ल्याक र सेफाइस ब्लू रंग उपलब्ध हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण