गठबन्धन सरकारले देशको अर्थतन्त्र उठाउनै कठिन हुने गरी थला बसायो : शंकर पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) का महासचिव शंकर पोखरेलले गठबन्धनको सरकारले देशको अर्थतन्त्रलाई उठाउनै कठिन हुने गरी थला बसाएको बताएका छन् । सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले मुद्दा मामिला गरी परामादेशबाट आएको गठबन्धनको सरकारले देशको अर्थतन्त्र कमजोर बनाएको आरोप लगाएका हुन् ।
उनले पाँच दलीय गठबन्धनसँग देश बनाउने भिजन, गन्तव्य र लक्ष्य नभएको समेत आरोप लगाए । उनले भने, ‘तर पनि उनीहरुकै ठूलो स्वर छ, ‘गठबन्धन गरेर एमालेलाई हराउँछौँ’ ।’
उनले भूकम्पले थिलथिलो बनाएको देशलाई एमालेले उठाएर जनताका मुर्झाएका सपना जगाएको जिकिर समेत गरेका छन् । उनले भनेका छन्, नेकपा (एमाले) ले भूकम्पले थिलथिलो भएको देशलाई उठायो । जनताका मुर्झाएका सपनालाई जगायो । विकास र समृद्धिको यात्रामा सिंगो देशलाई अघि बढायो । स्वाधीनता र स्वाभिमानको नयाँ यात्राको थालनी गर्दै गुमेको भूभाग समेटेर नयाँ नक्सा प्रकाशित गर्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण