‘आमा–छोरा कसरी लड्ने होला मम्मी ?’
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरको उम्मेदवार बन्नका लागि अहिले रस्साकस्सी चलिरहेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पनि मेयरमा उम्मेदवारी दिनेहरूको सूची लामो छ । त्यस मध्येका एक हुन् वीरेन्द्रनगरका अनिल ढकाल । युवाहरूबीच निकै लोकप्रिय उनी सामाजिक कार्यमा अग्रसर युवा हुन । उनले दुई महिना अघि नै स्वतन्त्र उम्मेदवारी उठ्ने घोषणा गरिसकेका छन् । यसका लागि उनले आवश्यक तयारी पनि थालेका छन् ।
तर ढकालकी आमा नेपाली काँग्रेसबाट मेयरका लागि सिफारिस भएकी छन् । शुक्रबार काँग्रेस वीरेन्द्रनगर कमिटीले मेयरका लागि ७ जनाको नाम सिफारिस गरेको छ । जसमा एक मात्र महिलाका रूपमा चाँदनी ढकाललाई सिफारिस गरिएको छ । ढकाल नेपाली काँग्रेसभित्र विगतदेखिनै सक्रिय रूपमा लागेकी नेतृ हुन् ।
ढकालसँगै हरि विष्ट, उपेन्द्र खड्का, गोविन्द कोइराला, नारायण सापकोटा, नारायण कोइराला र भूपेन्द्र खत्री मेयरका लागि सिफारिस भएका छन् । नेतृ ढकाल मेयरका लागि सिफारिस भएसँगै स्वतन्त्र उम्मेदवार छोरा अनिलले आमाको पोस्ट शेयर गर्दै लेखेका छन्, ‘मेरी मम्मी (आमा)को उच्च मूल्याङ्कन गर्दै राजधानी वीरेन्द्रनगर नगरको मेयरका लागि सिफारिस गर्नुभएकोमा नेपाली काँग्रेस नगर कमिटी प्रति हार्दिक आभार व्यक्त गर्दछु । तर पार्टीले हजुरलाई टिकट दियो भने आमा–छोरा कसरी लड्ने होला मम्मी ?’ उनको पोस्टमा महेन्द्रकुमार थापा नाम गरेका एक फेसबुक प्रयोग कर्ता लेख्छन्, ‘दिनभरि मागेको भोट बेलुकी आमाको पोल्टोमा राखिदिए पनि आमा त्यस्ती नारी हुन् उनले बाबु तिमी नै राख भन्नु हुनेछ ।’
ढकाल यसअघि विवेकशील साझा पार्टीमा आबद्ध थिए । उनी भन्छन्–‘मैले बुझेको राजनीति हिम्मत, त्याग र सेवा हो, गफ हैन काम हो । मैले त्याग गर्ने हिम्मत गरिसकेँ । स्थानीय तह स्वतन्त्र नै हुनु पर्दछ भनेर पार्टी त्याग गर्ने हिम्मत गरे । खर्चिलो जीवन शैली त्यागेर साधारण जीवनयापन रोजेको धेरै भयो ।’
उनले सामाजिक न्यायका लागि, स्थानीय सरकारलाई सेवक बनाउनका लागि, शिक्षालाई विकाससँग जोड्नका लागि, उद्यमशील समाज निर्माण, युवाहरूलाई अवसरको सिर्जना गर्नका लागि, सुशासन र भ्रष्टाचार मुक्त समाज निर्माणका लागि मेयर लड्ने हिम्मत गरेको बताए । साथै उनले साथै वीरेन्द्रनगरको सामाजिक, आर्थिक र भौतिक विकासका लागि ‘वीरेन्द्रनगर विकास पत्र’ केही दिनमै सार्वजनिक गर्ने बताएका छन् ।
०७४ को चुनावमा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका देवकुमार सुवेदी र उपमेयरमा नेकपा एमालेकी मोहनमाया ढकाल विजय बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण