राजु अर्याललाई सशस्त्रको एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
मन्त्रिपरिषद्ले सशस्त्र प्रहरीमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी)मा राजु अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ । वैशाख ५ मा बढुवा समितिको वरीयता सूचीमा १ नम्बरमा रहेका डिआइजी अर्याललाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको थियो । मंगलबार बसेको मन्त्रिपरिषद्ले सो सिफारिसलाई सदर गरेको एकजना मन्त्रीले रातोपाटीलाई बताए ।
अर्यालको बढुवा सिफारिस विरुद्ध कुनै उजुरी परेको थिएन । एआईजीमा बढुवा गरेसँगै उनी भावी सशस्त्र प्रहरी महानिरीक्षक हुने भएका छन् । एआईजीमा बढुवामा अर्यालसँगै नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र वंशीराज दाहाल प्रतिस्पर्धामा थिए ।
अर्याल र नारायणदत्त पौडेल २०५४ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । गौतम २०५२ वैशाखमा सेनाको सह–सेनानीमा भर्ना भएर सशस्त्र प्रहरीमा आएका हुन् । अर्याल २०७९ वैशाख १८ पछि आईजीपी नियुक्त हुनेछन् । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी वैशाख १८ मा अवकाशमा जाँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण