शाओमीले सार्वजनिक गर्यो दुई स्मार्टवाचसहित एक क्यामेरा
शाओमीले नेपाली बजारमा तीन वटा उत्पादनहरू सार्वजनिक गरेको छ । कम्पनीले शाओमी एस् १ एक्टिभ, रेड मि स्मार्ट ब्यान्ड प्रो र मिहोम सेक्युरिटी क्यामरा ३६० नेपाली बजारमा सार्वजनिक गरेको हो । शाओमीले सार्वजनिक गरेका तीनमध्ये दूई वटा उत्पादन स्मार्टवाच हुन् । यस्तै, मिहोम सेक्यूरिटी क्यामेरा घरको सुरक्षाका लागि प्रयोग गर्न मिल्ने कम्पनीले बताएको छ ।
कार्यक्रममा बोल्दै लन्चमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित पंडाले भने, ‘हामी सँधै सर्वोत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइस हरु हाम्रो उपभोक्ता माझ ल्याउन प्रयासरत छौँ ।’ कम्पनीले आफ्ना प्रयोगकर्ताको दैनिक जिवनमा राम्रो पर्फमेन्स गर्ने योजना रहेको समेत उनले बताए ।
यसमा १.४३ इन्च को हाइ रेजोल्युसन एमोलेड डिस्प्ले र ६० हर्जको हाइ रिफ्रेस स्क्रिन छ । यस्तै, यो घडीले २४ घन्टा नै घण्टा मुटुको चाल रेकर्ड गर्नुका साथै अन्य ११७ वटा फिट्नेस मोड पछि छ । नर्मल मोड मा १२ दिन र ब्याट्रि सेभर मोड मा २४ दिन टिक्ने यो स्मार्ट वाच वाटर प्रुफपनि छ ।
खेल प्रेमीहरुका लागि विषेष रुपमा डिजाइन गरिएको यो स्मार्ट वाच हलुका हुनुका साथै यसमा भएको डुअल ब्यान्ड जीपीएसले मल्टिपल स्याटेलाइट नेभिगेसन सिस्टम सपोर्ट गर्छ । यस्तै रेड्मी स्मार्ट ब्यान्ड प्रो पनि १.४७ इन्चको फुल एमोलेड डिस्प्ले सहित उपलब्ध छ । जसले रगतमा भएको अक्सिजन लेभल जाँच्नु को साथै चौबिसै घण्टा मुटुको चालपनि रेकर्ड गर्छ । यसमा ११० भन्दा बढी वर्क आउट मोडहरु छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण