शाओमीले सार्वजनिक गर्यो दुई स्मार्टवाचसहित एक क्यामेरा
शाओमीले नेपाली बजारमा तीन वटा उत्पादनहरू सार्वजनिक गरेको छ । कम्पनीले शाओमी एस् १ एक्टिभ, रेड मि स्मार्ट ब्यान्ड प्रो र मिहोम सेक्युरिटी क्यामरा ३६० नेपाली बजारमा सार्वजनिक गरेको हो । शाओमीले सार्वजनिक गरेका तीनमध्ये दूई वटा उत्पादन स्मार्टवाच हुन् । यस्तै, मिहोम सेक्यूरिटी क्यामेरा घरको सुरक्षाका लागि प्रयोग गर्न मिल्ने कम्पनीले बताएको छ ।
कार्यक्रममा बोल्दै लन्चमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित पंडाले भने, ‘हामी सँधै सर्वोत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइस हरु हाम्रो उपभोक्ता माझ ल्याउन प्रयासरत छौँ ।’ कम्पनीले आफ्ना प्रयोगकर्ताको दैनिक जिवनमा राम्रो पर्फमेन्स गर्ने योजना रहेको समेत उनले बताए ।
यसमा १.४३ इन्च को हाइ रेजोल्युसन एमोलेड डिस्प्ले र ६० हर्जको हाइ रिफ्रेस स्क्रिन छ । यस्तै, यो घडीले २४ घन्टा नै घण्टा मुटुको चाल रेकर्ड गर्नुका साथै अन्य ११७ वटा फिट्नेस मोड पछि छ । नर्मल मोड मा १२ दिन र ब्याट्रि सेभर मोड मा २४ दिन टिक्ने यो स्मार्ट वाच वाटर प्रुफपनि छ ।
खेल प्रेमीहरुका लागि विषेष रुपमा डिजाइन गरिएको यो स्मार्ट वाच हलुका हुनुका साथै यसमा भएको डुअल ब्यान्ड जीपीएसले मल्टिपल स्याटेलाइट नेभिगेसन सिस्टम सपोर्ट गर्छ । यस्तै रेड्मी स्मार्ट ब्यान्ड प्रो पनि १.४७ इन्चको फुल एमोलेड डिस्प्ले सहित उपलब्ध छ । जसले रगतमा भएको अक्सिजन लेभल जाँच्नु को साथै चौबिसै घण्टा मुटुको चालपनि रेकर्ड गर्छ । यसमा ११० भन्दा बढी वर्क आउट मोडहरु छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पन्जाबी गायक सिद्धु मूसेवालाको हत्याका मास्टर माइन्ड अमेरिकामा मारिए
-
लाइसेन्स प्राप्त हतियारहरूको प्राविधिक परीक्षण गराउन सिफारिस
-
सुशासन कायम गर्न गैरकानुनी कारोबार बन्द गर्नुपर्छ : उपसभापति गुरुङ
-
सलमान खानको घरबाहिर गोली चलेको प्रकरणमा पक्राउ परेका व्यक्तिको मृत्यु
-
उथलपुथलको तेस्रो शृङ्खलामा फ्रान्सेली राज्य क्रान्ति सम्बन्धी सामाग्री
-
२९ पटक सगरमाथा आरोहण गर्दै कामिरिता