महिन्द्राको नयाँ एसपी प्लस ट्रयाक्टर शृङ्खला नेपाली बजारमा
महिन्द्राको फार्म इक्विपमेन्ट सेक्टरले एसपी प्लस ट्रयाक्टर शृङ्खला नेपाली बजारमा भित्र्याएको छ । उन्नत ईएलएस (एक्स्ट्रा लङ्ग लामो स्ट्रोक) डीआई इन्जिनद्वारा सञ्चालित ३० एचपीदेखि ५० एचपी सम्मका श्रेणीका यी ट्र्याक्टर शक्तिशाली रहेको कम्पनीले बताएको छ ।
श्रृंखलामा चार हर्सपावर प्वाइन्ट– २७५ डीआई एसपीप्लस (३९ एचपी), ४१५ डीआई एसपीप्लस (४२ एचपी), ५७५ डीआई एसपीप्लस (४७ एचपी) र ५८५ डीआई एसपीप्लस (५० एचपी) मा विस्तारित मोडलहरू समावेश छन् । यसमा ६ वर्षे वारेन्टी अफरसमेत रहेको छ ।
यी ट्रयाक्टरहरू महिन्द्राको उन्नत ईएलएस इन्जिन र रिभर्स पीटीओ सहितको डुअल क्लच, उच्च लिफ्ट क्षमतायुक्त हाइड्रोलिक, सजिलो गियर सिफ्ट ट्रान्समिसन र तेल इमस्र्ड ब्रेकहरू जस्ता उत्पादकत्व वृद्धि गर्ने सुविधाहरूद्वारा सञ्चालित छन् । ट्र्याक्टरले कृषि र ढुवानी उपयोगहरूमा किसानको उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्य राखेको छ ।
नयाँ महिन्द्रा एसपी प्लस ट्रयाक्टरहरू क्रमशः जेठ ७, ८ र ९ गते क्रमशः बिर्तामोड, विराटनगर र जनकपुरमा बिक्री शुभारम्भ गरिएको थियो । शुभारम्भ कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्रा लि. (भारत) र अग्नि ग्रुपका प्रतिनिधि, स्थानीय डिलर, स्थानीय उद्योग वाणिज्य संघ र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । छिट्टै नै नयाँ एसपी प्लस सिरिजको ट्रयाक्टर यसै हप्तासम्ममा वीरगन्ज, चितवन र नेपालगन्जमा पनि सार्वजनिक (लन्च) हुने कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण