पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध जनकपुरधाममा आन्दोलन (तस्बिरहरु)

सरकारले प्रत्येक साता पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै जनकपुरधाममा स्थानीय युवाले विरोध प्रदर्शन गरेका छन् । बुधबार जनकपुरधामस्थित जानकी मन्दिरको उत्तरतर्फ बीच सडकमै मोटरसाईकल र एलपी ग्यास सिलिण्डरसहित आधा घण्टासम्म युवाले विरोध प्रदर्शन गरेका हुन् ।
स्थानीय युवाको एक समूहले पाँच दलीय गठबन्धन सरकारले जनतालाई राहतभन्दा बढी आहत दिएको भन्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा मोटरसाईकल, ई–रिक्सा र सिलिण्डरलाई सडकमै राखेर सांकेतिक रुपमा विरोध गरेका हुन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्रत्यक्ष रुपमा जनतालाई असर गरेकाले मूल्यवृद्धि फिर्ता नहुञ्जेलसम्म आन्दोलन जारी रहने स्थानीय युवा अभियन्ता सुशील कर्णले जनाए । कर्णले जनतालाई सास्ती हुने गरी बढाएको मूल्यवृद्धिले हरेक खाद्य सामग्रीको मूल्य समेत आकाशिएकाले जनजीविका चलाउन कठिन हुँदै गएको बताए ।
उनले तत्काल मूल्यवृद्धि फिर्ता नलिए सरकारविरुद्ध निरन्तर आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
अमेरिकाको डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म