पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध जनकपुरधाममा आन्दोलन (तस्बिरहरु)
सरकारले प्रत्येक साता पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै जनकपुरधाममा स्थानीय युवाले विरोध प्रदर्शन गरेका छन् । बुधबार जनकपुरधामस्थित जानकी मन्दिरको उत्तरतर्फ बीच सडकमै मोटरसाईकल र एलपी ग्यास सिलिण्डरसहित आधा घण्टासम्म युवाले विरोध प्रदर्शन गरेका हुन् ।
स्थानीय युवाको एक समूहले पाँच दलीय गठबन्धन सरकारले जनतालाई राहतभन्दा बढी आहत दिएको भन्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा मोटरसाईकल, ई–रिक्सा र सिलिण्डरलाई सडकमै राखेर सांकेतिक रुपमा विरोध गरेका हुन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्रत्यक्ष रुपमा जनतालाई असर गरेकाले मूल्यवृद्धि फिर्ता नहुञ्जेलसम्म आन्दोलन जारी रहने स्थानीय युवा अभियन्ता सुशील कर्णले जनाए । कर्णले जनतालाई सास्ती हुने गरी बढाएको मूल्यवृद्धिले हरेक खाद्य सामग्रीको मूल्य समेत आकाशिएकाले जनजीविका चलाउन कठिन हुँदै गएको बताए ।
उनले तत्काल मूल्यवृद्धि फिर्ता नलिए सरकारविरुद्ध निरन्तर आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण