सलमान र अक्षयको मित्रतामा दरार
मुम्बई । बलिउडमा यस्ता सेलेब्रिटीहरु छन्, जसको मित्रताको उदाहरण दिइने गरिन्छ । यसमा एक जोडी सलमान खान र अक्षय कुमारको हो ।
तर, पछिल्लो रिपोर्ट अनुसार दुई जनाको मित्रतामा दरार आएको छ । दुई जनाबीच खटपटको कारण सलमान खानकी पूर्व पीआर म्यानेजर रेश्मा शेट्टी बनेकी छिन् ।
सलामानले रेश्मालाई हटाएका थिए । पछि, अक्षयले उनलाई अनुबन्ध गरेपछि रेश्माले उनको लागि एकपछि अर्को राम्रो प्रोजेक्ट ल्याइरहेकी छिन् । यसपछि दुई नायकबीच सम्बन्ध बिग्रिएको रिपोर्टमा उल्लेख छ ।
रेश्माले जब अक्षय कुमारसँग अनुबन्ध भइन्, तबदेखि उनले अक्षयका लागि राम्रो प्रोजेक्ट लिएर आइरहेकी छिन् । यहाँसम्मकी बिग बोसको सीजन ११ को होस्ट सम्म अक्षयलाई दिलाउन चाहन्थिन् ।
तर, यस्तो हुन सकेन । जब सलमानले यो कुरा थाहा पाए, उनी निकै रुष्ट बने ।
अहिले बिग बोसको सिजन ११ को सञ्चालन सलमानले नै गरिरहेका छन् ।

हालै मात्र गोवामा आयोजना गरिएको इन्टरनेसनल फिल्म फेस्टिबल अफ इन्डिा (आइएफएफआई) मा सलमान–अक्षय दुवै शामेल थिए । तर, कार्यक्रममा एक–अर्कासँग उनीहरु बोल्न त के एक अर्कालाई हेर्दा पनि हेरेनन् ।
कार्यक्रममा सहभागी अन्य सेलिब्रिटीहरु दुवैको व्यवहारबाट अचम्मित बनेका थिए ।
तर, केही समयअघि अक्षयको आगामी चलचत्रि २.० को म्युजिक लञ्चमा भने सलमान खान अक्षयले नबोलाए पनि पुगेका थिए । उनले आफू अक्षयको लागि मात्र त्यहाँ आएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण