यामाहाको नयाँ बाइक एफ जेड एक्स १५० नेपाली बजारमा, यस्ता छन् विशेषता
यामाहाको बाइक एफ जेड एक्स १५० नेपाली बजारमा बिक्री बितरण सुरु भएको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले उक्त बाइक सार्वजनिक गरेको थियो । कम्पनीकाअनुसार एप जेड एक्स १५० यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक हो जुन एलसिडी मिटर र ब्लुटूथ कनेक्टिभिटीजस्ता स्मार्ट सुविधाहरु र क्लासिक डिजाइन सम्मिलित गरी तयार पारिएको छ ।
‘राइड फ्रि’ अवधारणाका साथ तयार पारिएको यस मोटरसाइकल विशेषगरी स्वतन्त्र, सहज र आरामदायक यात्रा गर्न रुचाउने बाइकप्रेमीलाई लक्षित गरी तयार पारिएको बाइक रहेको कम्पनीले बताएको छ ।
यामाहाका अन्य मोटरसाइकलहरूभन्दा अलि फरक प्रयोजनका निम्ति तयार पारिएको यस मोटरसाइकलको हरेक ‘डिटेल’ चालकलाई विशेष ध्यानमा राखी तयार पारिएको कम्पनीको दाबी छ । उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टू–लेभल सिट’, बलियो ‘ब्लक प्याट्रन टायर’, ‘फ्रण्ट फोर्क बुट’ का साथ स्थिर टेलिस्कोपिक सस्पेन्सन र ब्लुटूथ कनेक्टिभिटीजस्ता बिशेषताले यस बाइकलाई बलियो, आकर्षक र स्मार्ट बनाएको यामाहा नेपालका सिईओ राजु क्षेत्रीले बताएका छन् । साथै, डिआरएलका साथ बाइ फङ्सनल एलईडी हेडलाइट र ओभल सेपको एलईडी रिङ टेललाइटले बाइकको भिज्यूअललाई थप आकर्षण प्रदान गरेको क्षेत्रीले उल्लेख गरेका छन् ।
आइतबारबाट नेपालभरिका यामाहाको शोरुममा उपलब्ध हुने जनाइएको एफ जेड एक्स १५० को मूल्य ४,२६,९०० रहेको कम्पनीले जनाएको छ । यसका अतिरिक्त, कम्पनीले आफ्नो नयाँ स्किम “रोड टू मोटो जिपी” पनि सार्वजनिक गरेको छ ।
‘रोड टू मोटोजिपी यामाहा बाइक खरिदकर्ताहरूका लागि त्यस्तो स्किम हो जसमा चार भाग्यशाली विजेताहरूले यामाहा प्याडकबाट च्याङ अन्तर्राष्ट्रिय सर्किट, थाइल्याण्डको प्रत्यक्ष मोटोजिपी प्रसारण हेर्ने सुवर्ण अवसर पाउनेछन् । यो स्किम आजबाट यामाहाका जुनसुकै बाइक र स्कुटरको खरिदमा लागू हुने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण