गोला प्रथाबाट जिसस रसुवाको प्रमुख र उपप्रमुखमा एमाले विजयी
जिल्ला समन्वय समिति रसुवाको प्रमुख तथा उपप्रमुख दुवै पदमा एमाले विजयी भएको छ । नौ सदस्य पदका लागि भएको निर्वाचनमा मत बराबर भएपछि गोला प्रथा गरिएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुखमा एमालेका अशोककुमार घिमिरे, उपप्रमुखमा एमालेकै विजय लामा निर्वाचित भएका छन् ।
समिति सदस्यहरूमा एमालेका कामीछिरिङ तामाङ, खुवाप्रसाद पौडेल र काँग्रेसका खिलबहादुर न्यौपाने निर्वाचित भएका हुन् । महिला सदस्यमा एमालेकी देशीरानी तामाङ, कारतोक लामा र सबिता गुरुङ निर्वाचित भएका छन् । दलित तथा अल्पसंख्यक सदस्यमा कांग्रेसकी पार्वती विश्वकर्मा निर्वाचित भएकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पाँचवटा गाउँपालिका रहेको जिल्लामा पालिकाको अध्यक्ष तथा उपाध्यक्षमा एमाले र कांग्रेसले पाँच पाँच सिट जितेका थिए । जिससको पदाधिकारी चयनका लागि अध्यक्ष तथा उपाध्यक्षले मात्र मतदान गर्न मिल्ने भएकाले मत बराबर आएको थियो । मत बराबर आएपछि गोलाप्रथाबाट कार्यसमिति चयन गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभामा पुगेर निस्किए प्रधानमन्त्री
-
बिना अवरोध सञ्चार गृहले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्न पाउनुपर्नेमा प्रलाेपाकाे जोड
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण