आजदेखि कनेक्ट आईपीएसको इलेक्ट्रिफाईङ अफर, इलेक्ट्रिक स्कुटर जित्न सकिने
आजदेखि लागू हुने गरेर कनेक्ट आइपीएसले बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई प्रणालीमा आबद्ध हुन इलेक्ट्रिफाईङ अफर ल्याएको छ । यस अफर अन्तर्गत बैंक वित्तीय संस्थाका ग्राहकहरुले कनेक्ट आईपीएसमा अनलाइन रजिष्टार गरेर ५० रुपैयाँसम्मको रिचार्ज जित्न सक्ने छन् ।
यसका लागि कनेक्ट आईपीएसमा अनलाईन रजिस्टर गरेर सोही मोबाइल नम्बर तथा इमेल भेरिफाई गराउँदा ५० रुपैयाँको रिचार्ज जित्न सक्ने भएका हुन् । त्यसै गरी अफरको अन्त्यमा इलेक्ट्रिक स्कूटर जित्ने १ जना भाग्यशाली विजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने छ ।
बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा www.connectips.com वा यसको मोबाइल एप मार्फत रजिष्टार गर्न सक्छन् । यो अफर कनेक्ट आईपीएसमा नयाँ रजिष्ट्रेसन गर्ने बैंक वित्तीय संस्थाका ग्राहकका लागि मात्र लागू हुनेछ ।
सोझै बैंक खाताबाट फण्ड ट्रान्सफर लगायत विभिन्न भुक्तानी गर्न सकिने गरी बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई उपलब्ध रहेको एक भन्दा बढी बैंक खाता लिंक गर्न सकिने प्ल्याट्फर्म हो । यसले दैनिक औसत साढे १० अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार फर्र्छयोट गर्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण