जहाँ भगवानलाई पनि गाह्रो छ (फोटोफिचर)
देशको संघीय राजधानी काठमाडौंलाई मन्दिरै मन्दिरको शहर पनि भनिन्छ । काठमाडौंका पाइला पाइलामा अनेकौँ देवी देवताका मूर्ति भेटिन्छन् । कतै मन्दिर त कतै खुला नै छोडिएका मूर्तिहरूको अवस्था धेरै ठाँउमा दयनीय छ ।
मन्दिरले चिनाएको काठमाडौंलाई अब फोहोरले चिनाउन थालेको छ । काठमाडौं उपत्यकामा रहेका मन्दिर र मूर्तिहरू फोहोर जत्तिकै छरपस्ट छन् । यहाँ फुटपाथमा पाइलाले ठोकिने गरि भगवानका मूर्ति भेटिन्छन् । कतै रुख उम्रेर ढल्नै लागेको मन्दिर, पानीले खिइएका, अवीर र अक्षताको असरले प्वाल परेका मूर्ति पनि मन्दिरहरूमा छन् । तर संरक्षण भने अझै भएको छैन ।
मन्दिर अनि मूर्तिको सुरक्षाका लागि डण्डीको बार मात्रै होइन यहाँ चोरीबाट बचाउन काँडेतार नै टाँगिएका भेटिन्छन् । मन्दिर परिसरमा कतै पुनर्निर्माणका क्रममा टहरा बनाइएको छ भने कतै डण्डी बाँधेर छोडिएको देख्न सकिन्छ । फोहोर अनि झारै झारको बीचमा भगवानको मूर्ति देख्नु यो शहरका लागि नौलो कुरा होइन ।
एकातिर खुला ठाँउमा मूर्ति बेवारिसे र दयनीय अवस्था देखिन्छ भने अर्कोतर्फ चोरीबाट बचाउन विभिन्न सावधानी अपनाइएको छ । यहाँ सिसिटिभी जडान गरिएको छ । चोक चोकमा साइरन राखिएका छन्, र पनि मूर्ति र मन्दिरको संरक्षण हुन सकेको छैन ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण