सामसङ्गले नेपालमा ल्यायो ग्यालेक्सी एफ१३ फोन
सामसङ्गले नेपालमा ग्यालेक्सी एफ१३ को बिक्री वितरण शुभारम्भ भएको जानकारी गराएको छ । लोकप्रिय ग्यालेक्सी एफ शृंखलाको यो उत्पादनले जेन जेडका आकांक्षी र उपभोक्ताहरुलाई हरेक दृष्टिकोणबाट उत्कृष्टता प्रदान गर्दै अद्भूतपूर्ण शैली र अनुभव दिलाउने कम्पनीको भनाइ छ ।
‘ग्यालेक्सी एफ१३ उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरएिको हो र निर्वाध मनोरञ्जनका लागि उत्तम साझेदार हुन अर्थपूर्ण आवष्किारहरूले भरिएको छ । यस फोनमा फुल एचडी प्लस डिस्प्ले, ६००० एम् ए एच ब्याट्री, र अटो डाटा स्वचिङि छ, जसले युवा सहस्राब्दी र जेन जेडलाई सहज अनुभव लिन सक्षम बनाउँछ’, सामसङ्ग नेपालको निर्देशक प्रणय रत्न स्थापितले भने ।
सामसङ्ग ग्यालेक्सी एफ१३ वाटरफल ब्लु, सनराइज कप्पर र नाइटस्ककाई ग्रीन रङ्गहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको मूल्य २३,९९९ रुपैयाँ कायम गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण