शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलंका संकट : राष्ट्रपति निवासमा छिरेका प्रदर्शनकारीले देखाए अनौठो व्यवहार

आइतबार, २६ असार २०७९, ०९ : ३२
आइतबार, २६ असार २०७९

श्रीलंकाका हजारौं प्रदर्शनकारी प्रहरी अवरोध तोडेर राष्ट्रपति गोटाबाया राजापाक्षेको कोलम्बोस्थित सरकारी निवासमा प्रवेश गरेपछि स्वीमिङ पुलमा पौडी खेल्नेदेखि लिएर किचनमा भएका खानेकुरा खाएका विवरण सार्वजनिक भएका छन् । 

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा आक्रोशित प्रदर्शनकारी राष्ट्रपतिको निवासभित्र छिरेपछि नाराबाजी गर्दै पिएको देखिन्छन् । त्यस्तै, प्रदर्शनकारीहरू किचन भित्र पसेर खानेकुरा खाएका देखिन्छन् । केही किचनमा ग्यास बालेर खानेकुरा पकाएका थिए । 

राष्ट्रपतिको कम्पाउन्डभित्र छिर्नेवित्तिकै केहीले स्वीमिङ पुलमा पौडी खेलेर रमाएका थिए । प्रदर्शनकारी प्रवेश गर्न थालेपछि सुरक्षाकर्मीले राष्ट्रपतिलाई सुटुक्क भगाएर सेनाको मुख्यालयमा लगेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप