दंगलकी नायिकामाथि यौनदुर्व्यवहार गर्ने पक्राउ, पत्नी भन्छिन्, ‘पब्लिसिटी स्टन्ट’
मुम्बई । चलचित्र दंगलकी १७ वर्षीया नायिका जायरा वसीममाथि विस्तारा एयरलाइन्समा यौनदुर्व्यवहारको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
उनलाई मुम्बई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३९ वर्षीय विकास सचदेव रहेका छन् ।
जायराले आफ्नो इन्सटाग्राम एकाउण्टबाट एक लाइभ भिडियोमार्फत यस विषयको जानकारी दिएकी थिइन् ।
विकासविरुद्ध आइपिसीको धारा ३५४ र प्रोटेक्सन अफ चिल्ड्रेन फ्रम सेक्सुअल अपफेन्स एक्ट अन्तर्गत मुद्दा दायर गरिएको छ । सोमबार उनलाई अदालतमा पेश गरिएको छ ।
यता, विकासकी पत्नी दिव्या सचदेवाले जायराले चर्चा बटुल्न आफ्नो पतिलाई फँसाएको आरोप लगाएको आरोप लगाएकी छिन् ।
उनले भनिन्, ‘यो केवल पब्लिसिटी स्टन्ट मात्र हो । जायरालाई चर्चा चाहिएको छ । त्यही भएर उसले मेरो पतिलाई फँसाएकी हुन् ।’
‘मेरा पति विकास दिल्लीबाट घर आउँदै थिए । हाम्रो मामाको निधन भएको थियो । यस कारण उनी निकै दुःखी थिए । उनले सुत्नका लागि विमानमा कम्बल पनि मागेका थिए,’ उनले भनिन्, ‘म जायराको आरोपबाट स्तब्ध छु । यदी त्यस्तो घटना भएको भए उनले त्यतिबेला नै किन आलार्म बजाइनन् । दुई घण्टापछि किन यो कुरा खुलाइन् । त्यतिबेला उनीसँग उनको आमा पनि थिइन् । उनीहरु किन चिच्याइनन् ?’

उनले आफ्नो पति पूर्व आर्मी अफिसर भएको र उनले यस्तो हर्कत गर्न नसक्ने बताइन् ।
विस्ताराले माग्यो माफी
यता, विस्तारा एयरलाइन्सले जायरासँग माफी मागेको छ । आइतबार साँझ विज्ञप्ति जारी गर्दै उसले जायरासँग माफी मागेको हो ।
‘५–१० मिनेटसम्म उसले मेरो कम्मर र घाँटी छोयो’
मुम्बई विमानस्थल पुगेर जायराले एउटा भिडियो रेकर्ड गरेकी थिइन् । जसमा उनी रुँदै गरेको देखिएको थियो । त्यहाँ उनले विमानमा आफूसँग भएको घटना शेयर गरेकी थिइन् ।
जायराका अनुसार दिल्लीदेखि मुम्बई आउँदा आफ्नो पछि बसेका एक अधवैसे पुरुषले दुर्व्यवहार गरेका थिए । विमानमा कम प्रकाश भएको कारण उनले यो रेकर्ड गर्न पाइनन् । उनका अनुसार ती व्यक्तिले ५ देखि १० मिनेटसम्म उनको कम्मर र घाँटीमा छाएका थिए ।
अमिर खानको दंगलबाट बलिउडमा चर्चित बनेकी जाराले पछिल्लो चलचित्र सिक्रेट सुपरस्टारमा काम गरेकी थिइन् । यसबाट उनले राष्ट्रिय पुरस्कार पनि जितेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण