बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सिप्रदी लोकोन्याभ बजारमा

आइतबार, ०८ साउन २०७९, २२ : ०१
आइतबार, ०८ साउन २०७९

सिप्रदी ट्रेडिङ्ग प्रालिले लोकोन्याभ नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । लोकोन्याभले गाडीहरूलाई प्रभावकारीरूपले व्यवस्थापन गर्न मद्दत पुर्‍याउने कम्पनीले जनाएको छ । गाडीको ट्रयाकिङ, इन्धन सुपरिवेक्षण र भिडियो टेलिम्याट्रिक्स जस्ता प्रयोजनका लागि लोकोन्याभ अन्यन्त उपयुक्त रहेको कम्पनीको भनाई छ । 

“सिप्रदी ट्रेडिङ्ग प्रालिले सुरुवाती दिनदेखि नै आफ्ना ग्राहकहरुको वृहत हितलाई ध्यानमा राखी अटोमोटिभ एवं सो सम्बन्धित व्यापारको क्षेत्रमा आपूmलाई सशक्त ढंगले अगाडि बढाइरहेको छ । यसै परिप्रेक्ष्यमा कम्पनीले लोकोन्याभ नेपाली बजारमा ल्याएको छ जसले गाडीको सही व्यवस्थापन गर्न ठूलो सहयोग गर्नेछ,” सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ भन्छन् । “यस लोकोन्याभ प्लेटफर्म मार्फत सिप्रदीले नेपालको गाडी व्यवस्थापन प्रणालीमा आमूल परिवर्तन गर्ने लक्ष्य राखेको छ ।” 

विश्वका ५० भन्दा बढी मुलुकहरूमा उपस्थिति भएको लोकोन्याभ एउटै प्लेटफर्मबाट गाडी सञ्चालनको प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ । यस प्लेटफर्मले गाडी धनी र चालकहरूलाई कम भन्दा कम खर्चमा उच्च कार्यक्षमता हासिल गर्न सहयोग गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप