विवाह बन्धनमा बाँधिए कोहली र अनुष्का
इटाली । वलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली विवाह बन्धनमा बाँधिएका छन् ।
सोमबार इटालीको टस्कनीमा आयोजित एक विवाह समारोहका दुवैले विवाह गरेका हुन् ।
सोमबार राती ट्वीट गर्दै दुवैले विवाहको पुष्टि गरेका हुन् ।
ट्वीटमा विराट–अनुष्काले लेखेका छन्, ‘आज हामीले एक अर्कालाई वाचा गर्यौँ कि अब हामी जीवनभर मायाको बन्धनमा बाँधिने छौँ ।’
विवाह समारोहमा सचिन तेन्दुल्कार, शाहरुख खानसहित ५० जनालाई मात्र निमन्त्रणा गरिएको थियो ।
गत सात डिसेम्बरमा अनुष्का–विराट आफ्नो परिवारसँग इटाली पुगेका थिए ।
श्रीलंकाविरुद्धको एकदिवसीय श्रृंखलामा कोहलीले आराम लिएपछि उनको विवाहको चर्चा शुरु भएको थियो ।

दुईवटा विवाहको रिसेप्सन
अब विवाहित जोडीले २१ डिसेम्बरमा विवाहको पहिलो वेडिङ रिसेप्सन आयोजना गर्नेछन् । यहाँ दुवैका परिवारलाई निमन्त्रणा गरिनेछ ।
त्यसपछि २६ डिसेम्बरमा दोस्रो रिसेप्सनमा क्रिकेट र वलिउडका हस्तीहरु निमन्त्रणा गरिनेछ ।

मुम्बईमा हुने रिसेप्सनमा सचिन, युवराज सिंह, हरभजन सिंह, रोहित शर्मा, महेन्द्र सिंह धोनी शामिल हुनेछन् भने वलिउडमा आदित्य चोपडा, रानी मुखर्जी, अमिताभ वच्चन, शाहरुख खान, आमिर खान, सलमान खान लगायत समेल हुनेछन् ।
विवाहको जानकारी दिने बित्तकै दुवैको ट्वीट ट्रेन्डिङ बनेको थियो । मात्र ३ घण्टामा विराटको ट्वीट ३ घण्टामा २.१५ लाख पटक लाइक भएको थियो । अनुष्काको ट्वीट १.५ लाख पटक लाइक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण