ओप्पो ए ५७ नेपाली बजारमा
ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए ५७ नेपाली बजारमा सार्वजनिक गरेको छ । ओप्पो ए ५७ मा तीव्र चार्जिङ र उच्च क्षमताको ब्याट्री रहेको कम्पनीले जनाएको छ । यसमा प्रयोगकर्ताहरूले ६.५६ इन्च कलर–रिच डिस्प्ले रहेको छ भने अल्ट्रा–लिनियर स्टेरियो स्पिकरहरू छन् । १३ एमपी रियर क्यामेराको नाइटस्केप मोड फिल्टरहरू र ८ एमपी फ्रन्ट क्यामेरा सेल्फीहरूको लागि एआई पोट्रेट रिटचिङले प्रयोगकर्ताहरूलाई राम्रो फोटो खिच्न मद्दत गर्दछ ।
ओप्पो ग्लो डिजाइन अन्तर्गत ओप्पो ए ५७ को पछाडिको भागलाई नैनो क्रिस्टलले ढाकेको छ । टुडी बडी डिजाइनले ७.९९ मिमी अल्ट्रा–थिन फ्रेमले फोनको चौडाइलाई घटाउँछ । यो स्मार्टफोन आईपीएक्स ४ वााटर रेसिस्टेन्स भएकाले प्रयोगकर्ताहरूले वर्षाका दिनहरूमा प्रयोग गर्दा चिन्ता लिनुपर्दैन ।
ओप्पो ए ५७ नेपालमा ओप्पो ग्लोइंग ग्रीन र ग्लोइंग ब्ल्याक कलरमा उपलब्ध छ । यसबाहेक, यसमा ४ जिबी रोम ६४ जिबी र्‍याामसहित ४ जिबी विस्तारित र्‍याम सफ्टवेयर सहित उपलब्ध छ । यो फोनको मूल्य २३ हजार ४९९ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण