बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हिताचीका चार नयाँ उत्पादन नेपाली बजारमा

शनिबार, १४ साउन २०७९, १० : ०३
शनिबार, १४ साउन २०७९

नेपालमा हिताची होम अप्लाइन्सेसको आधिकारिक वितरक युनिभर्सल इलेक्ट्रोकम प्रा. लिले चाँडै नै बजारमा उपलब्ध हुने चार वटा विभिन्न उत्पादनको घोषणा गरेको छ । हिताचीका उत्पादनहरूमा हिताची माइक्रोवेभ ओभनका ४ मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, हिताची फ्रेन्च बटम रेफ्रिजरेटर र हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर समावेश छन् ।

हिताचीले नेपाली प्रयोगकर्ताहरूलाई विश्वव्यापी पाइने उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउन नेपालमा आफ्नो सञ्चालनलाई थप मजबुत बनाउने योजना रहेको बताएको छ । ग्राहकको सन्तुष्टि आफ्नो उच्च प्राथमिकतामा रहेको जनाउँदै हिताचीले आफ्ना ग्राहकहरूलाई अझ राम्रो बिक्री सेवा र बिक्रीपछिको हेरचाह दिने प्रतिज्ञा गरेको छ। हरेक नेपाली घरपरिवार माझ नयाँ प्रविधिहरू नजिक ल्याउने उद्देश्यका साथ हिताचीले विविधता र गुणस्तरयता सुनिश्चित गर्दै आगामी दिनहरूमा लागिपर्ने पनि बताएको छ । 

उक्त कार्यक्रममा ए.एच.एस.जीका प्रबन्धक निर्देशक चेन टेक बेङ, व्यापार विकास विभाग (निर्यात व्यापार) का महाप्रबन्धक तरुण जैन र व्यापार विकास विभाग (निर्यात व्यवसाय) का वरिष्ठ प्रबन्धक एलविन थाम उपस्थित थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप