हिताचीका चार नयाँ उत्पादन नेपाली बजारमा
नेपालमा हिताची होम अप्लाइन्सेसको आधिकारिक वितरक युनिभर्सल इलेक्ट्रोकम प्रा. लिले चाँडै नै बजारमा उपलब्ध हुने चार वटा विभिन्न उत्पादनको घोषणा गरेको छ । हिताचीका उत्पादनहरूमा हिताची माइक्रोवेभ ओभनका ४ मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, हिताची फ्रेन्च बटम रेफ्रिजरेटर र हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर समावेश छन् ।
हिताचीले नेपाली प्रयोगकर्ताहरूलाई विश्वव्यापी पाइने उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउन नेपालमा आफ्नो सञ्चालनलाई थप मजबुत बनाउने योजना रहेको बताएको छ । ग्राहकको सन्तुष्टि आफ्नो उच्च प्राथमिकतामा रहेको जनाउँदै हिताचीले आफ्ना ग्राहकहरूलाई अझ राम्रो बिक्री सेवा र बिक्रीपछिको हेरचाह दिने प्रतिज्ञा गरेको छ। हरेक नेपाली घरपरिवार माझ नयाँ प्रविधिहरू नजिक ल्याउने उद्देश्यका साथ हिताचीले विविधता र गुणस्तरयता सुनिश्चित गर्दै आगामी दिनहरूमा लागिपर्ने पनि बताएको छ ।
उक्त कार्यक्रममा ए.एच.एस.जीका प्रबन्धक निर्देशक चेन टेक बेङ, व्यापार विकास विभाग (निर्यात व्यापार) का महाप्रबन्धक तरुण जैन र व्यापार विकास विभाग (निर्यात व्यवसाय) का वरिष्ठ प्रबन्धक एलविन थाम उपस्थित थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण