बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

भिभो भी२१ई को मूल्य घट्यो

शुक्रबार, २० साउन २०७९, १० : ४९
शुक्रबार, २० साउन २०७९

स्मार्टफोन ब्रान्ड भिभोले भी२१ई को मूल्य घटाएको छ । भी२१ई को मूल्य दुई हजार रुपैयाले घटेको छ र अब नयाँ मूल्य रु ३७ हजार ९९९ रुपैयाँ कायम भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  यो नयाँ मूल्य देशभरका सबै रिटेल स्टोर र इकमर्समा लागू हुने कम्पनीको भनाइ छ ।  

भिभो नेपालका सीईओ माइकलले भने, ‘भिभोमा, हामी हाम्रा ग्राहकहरूको जीवनलाई समृद्ध बनाउन सधैं उत्साहित छौं र यो मूल्य घटेको घोषणासंगै नेपाली ग्राहकहरूका लागि हाम्रो प्रतिबद्धता पूरा गर्ने आशा गर्छौं । भी२१ई एक सुविधायुक्त स्मार्टफोन हो जसले प्रयोगकर्ताहरूलाई उनीहरूका सबै विशेष क्षणहरू खिच्न उत्कृष्ट फ्रन्ट क्यामेरा प्रदान गर्दछ । भिभोमा, हामी हाम्रा उपभोक्ताहरूलाई उत्कृष्ट प्रविधिहरू प्रदान गर्न निरन्तर तत्पर छौं ।”

भी२१ई मा ४४ एमपी आई अटोफोकस फ्रन्ट क्यामेरा जडान गरिएको छ । यसमा एआई नाइट पोट्रेट समावेश भएकाले उत्कृष्ट फोटो र भिडियोहरु लिन सकिन्छ । यसको उत्कृष्ट–इन–क्लास फ्रन्ट क्यामेरा हार्डवेयर, अत्याधुनिक सफ्टवेयर र अटोफोकस सुविधाहरूको कारण स्पष्ट तस्वीरहरू, राम्रो नाइट शटहरू, र फोर के गुणस्तरमा अल्ट्रा–स्टेबल भिडियोहरू लिन सकिन्छ भने शक्तिशाली ४४ एमपी आई अटोफोकस फ्रन्ट क्यामेराको एफ २.० एपर्चरको साथे प्रकाश सीमित भएको वातावरणमा पनि राम्रो परिणाम दिन सक्छ ।

एआई नाइट पोट्र्रेटको साथमा, मल्टी–फ्रेम नोइज रिडक्सन एल्गोरिथ्म र एआई हाई–डेफिनिशन टेक्नोलोजी संयोजन गरिएका कारण प्रयोगकर्ताहरूलाई उत्कृष्ट नाइट फोटो खिच्न सजिलो हुने कम्पनीको भनाइ छ। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप