अनलाइन एकल नाटक प्रतियोगितामा ५ नाटक छनौट
सांस्कृतिक संस्थानले आयोजना गरेको ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७/७८’ को फाइलका लागि ५ वटा नाटक छनोट भएका छन् । उत्कृष्ठ ५ मा पर्न सफल नाटकमा निर्मल सुवेदीको ‘अधुरो इच्छा’, रमिक ठकुरीको ‘गोठको चिया’, सुस्मिता श्रेष्ठको ‘बा. रा. सी’, लक्ष्मी पाण्डेको ‘१५ दिन’ र निशान खत्रीको ‘आरु फुल्यो’ रहेका छन् ।
‘घरघरमा रंगमञ्च’ भन्ने अवधारणाका साथ देश विदेशका प्रतिभावान कलाकारको खोजी गर्न प्रतियोगिता आयोजना गरिएको संस्थानले जनाएको छ । प्रतियोगितामा सहभागी नाटकमध्ये पहिलो चरणमा ११ वटा छनोट भएका थिए । ति ११ वटा नाटकलाई सांस्कृतिक संस्थानको युट्युव च्यानल र अन्य अनलाइन पोर्टलमा राखिएको थियो । दर्शकबाट सर्वाधिक लाइक र सेयर भएका एवं निर्णायकले दिएको अंकका आधारमा ११ बाट उत्कृष्ट ५ नाटक छनोट गरिएको संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले जानकारी दिए ।
उत्कृष्ट ५ नाटकलाई सांस्कृतिक संस्थानको मञ्चमा रंगमञ्चीय वातावरणबीच लाइभ प्रस्तुति मार्फत साउन २२ गते विशेष कार्यक्रमबीच विजेता छनोट गरिने छ । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो हुने नाटकलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार एवं दुई जनालाई सान्त्वना पुरस्कार स्वरुप १५, १५ हजार रुपैयाँ प्रदान गरिने छ । ‘नाट्य क्षेत्रमा भविष्य खोजिरहेका प्रतिभाहरूलाई राष्ट्रिय मञ्च र अवसर प्रदान गर्न अनलाइन एकल नाटक प्रतियोगिता आयोजना गरिएको हो’, महाप्रबन्धक राईले भने ।
नेपाली वा आफ्नो मातृभाषा प्रयोग गर्न सकिने यस प्रतियोगितामा देशको सार्वभौम अखण्डतामाथि आँच आउने, सामाजिक एवं धार्मिक सद्भाव खल्बलिने, कोही व्यक्ति वा समुदायको मानमर्दन हुने, मित्रराष्ट्रहरूप्रति नकारात्मक टिप्पणी गर्ने, राजनीतिक दल वा विचार झल्कने जस्ता विषय मान्य नहुने प्रावधान राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण