बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा फ्युचरिस्टिक लेक्ट्रो ई–साइकल लन्च

सोमबार, २३ साउन २०७९, १३ : १५
सोमबार, २३ साउन २०७९

निम्बस इन्टरनेसनल कम्पनीले नेपालमा फ्युचरिस्टिक लेक्ट्रो ई–साइकल लन्च गरेको छ । आइतबार पुल्चोकस्थित शो रुममा लेक्ट्रो ई-साइकलको उद्घाटन गरिएको हो । 

कार्गो साइकल समेत नेपालमा कुल ११ किसिमका साइकलहरू उपलब्ध छन् । जसको मूल्य रु.७५,९०० देखि रु.१,३९,९०० सम्म रहेको छ । यिनको ब्याट्री रेन्ज फुल चार्ज हुँदा २५ किमि देखी ६० किमीसम्म रहेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार आफ्नो बाइकमा नयाँ अनुभवहरू खोजिरहेका व्यक्तिहरूले ई-साइकलमा सवारीको आनन्द लिनेछन्। विद्युतीय ऊर्जावान  ई-साइकल हरेक सडकको  नयाँ शो स्टपर हुने कम्पनीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप