आकर्षक फिचरसहित भिभो वाई१५सी नेपालमा सार्वजनिक
भिभोले वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भिभो वाई१५सी नेपाली बजारमा सार्वजनिक गरेको छ । जसमा सिमलेस अनुभव सुनिश्चित गर्नका लागि वाई१५सी मा ६.५१ इन्चको हेलो फुलभ्यू डिस्प्लेसहित आई प्रोटेक्सन समावेश गरिएको कम्पनीले जनाएको छ ।
भिभो नेपालका सीईओ माइकलले भने, “युवा उपभोक्ताहरूलाई लक्षित गरी भिभोको वाई सिरिजले बजारमा आफूलाई नेपालको सबैभन्दा लोकप्रिय स्मार्टफोन लाइन–अपको रूपमा स्थापित गरेको छ । वाई शृङ्खलाका स्मार्टफोनहरू “अन द गो” मिलिनेअलहरूको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो । उत्कृष्ट ५०००एमएएच ब्याट्रीले सुसज्जित, हालै लन्च गरिएको वाई१५सी सधैं अमूल्य साथी साबित हुनेछ । यो स्मार्टफोनको अन्य उल्लेखनीय सुविधाहरूमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, शक्तिशाली एआई डुअल क्यामेरा र स्टाइलिश डिजाइन समावेश छ ।”
वाई १५सी ३जीवी र्याम र ३२जीवी रोममा रु १७,९९९ मा देशभरका रिटेल स्टोरहरुमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण