रियलमीको नयाँ प्रस्तुती रियलमी नार्जो ५०ए प्राइम
बिहीबार, २६ साउन २०७९, १० : ०७
स्मार्टफोन ब्राण्ड रियलमीले रियलमी नार्जो ५०ए प्राइम बजारमा ल्याएको छ । अल्ट्रा–स्लीक डिजाइन, शक्तिशाली प्रोसेसर, ५,००० एमएएच ब्याट्री, र एआई–सक्षम क्यामेरा राखिएको यो स्मार्टफोनमा अरु थुप्रै विशेषताहरु समावेश रहेको कम्पनीले जनाएको छ ।
रियलमी नेपालका हेड मुनिष गिरीले भने, ‘नेपाली बजारमा रियलमी नार्जो सिरिज अन्तर्गत नयाँ रियलमी नार्जो ५०ए प्राइम ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । यो नयाँ स्मार्टफोन हाम्रा प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधिको समग्र अनुभव प्रदान गर्ने अर्को कदम हो । यसमा भएको ६.६ इन्चको एफएचडी डिस्प्ले र ५० मेगापिक्सेल क्यामेरले प्रयोगकर्ताहरूलाई स्मार्टफोनको सेग्मेन्टमा उत्कृष्ट अनुभव प्रदान गर्दछ ।’
सो फोनको मूल्य २१ हजार ७९९ रुपैयाँ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण