जनपक्षीय पत्रकार पोखरेलको निधन
मङ्गलबार, ३१ साउन २०७९, ०८ : ४३
बुटवलका एकजना जनपक्षीय क्रान्तिकारी पत्रकार बसन्त पोखरेलको निधन भएको छ ।
मंगलबार विहान ६ बजे आफ्नै निवास बुटवल १३ बेलबासमा उनको निधन भएको हो । सधै निमुखा जनताको पक्षमा कलम चलाउने प्रगतिशील पत्रकार पोखरेलको ६८ वर्षको उमेरमा निधन भएको हो । प्रेस स्वतन्त्रता सेनानीको सम्मान समेत पाएका पोखरेल नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष हुन् ।
वि.सं. २०११ सालमा प्युठानमा जन्मेका पोखरेलका दुई छोरा तथा एक छोरी छन् । हाल बुटवलको बुटवल टुडे दैनिकमा सम्पादकको जिम्मेवारीमा कार्यरत पोखरेल लामो समयदेखि मधुमेह र उच्च रक्तचापको रोगी थिए । पोखरेल प्रेस सेन्टर नेपाल रुपन्देहीका सल्लाहकार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण