बलिउडकी प्रियङ्का घुमाउने रहर छ– अभिनेता प्रदीप खड्का
प्रदीप खड्का यतिबेला नेपालकै सर्वाधिक महँगो कलाकारका रूपमा अगाडि आएका छन् । ‘प्रेमगीत’ र त्यसको सिक्वेल हिट भएपछि उनी चर्चाको केन्द्रविन्दुमा रहे । ‘स्केप’बाट अभिनयमा डेब्यु गरेका प्रदीप अहिले धेरै युवतीहरूको ढुकढुकीसमेत बन्न सफल भएका छन् । हाल उनी चलचित्र ‘लिलिबिली’ सुटिङमा व्यस्त छन् । यतिबेला यूकेका विभिन्न सहरहरूमा चलचित्रको छायाङ्कन भइरहेको छ । केही पहिले आयोजित चलचित्र घोषणा कार्यक्रममाको प्रेसमिटमा बडिगार्डसहित देखिएको विषयलाई लिएर प्रदीप विवादमा तानिएका थिए । त्यो विवादलाई सहज रूपमा स्वीकार र अवतरणसमेत गर्न उनी सफल देखिए । अहिले जल्दाबल्दा अभिनेता प्रदीपलाई रातोपाटीको दश प्रश्न :
कस्तो हेयर स्टाइल मनपर्छ ?
–हेयर स्टाइलतिर मैले कहिल्यै ध्यान दिने गरेको छैन । चलचित्र सुटिङमा कथा अनुसारको स्टाइल दिइन्छ । अन्य समय सामान्य नै भएर हिँड्न रुचाउँछु ।
ड्रेसअपमा रुचि त पक्कै होला ?
–ड्रेसअप यस्तै चाहिन्छ भन्ने छैन । सुटिङ समयमा दिनमै ३, ४ थरीको फेसन गर्नुपर्ने हुन्छ । त्यसैले अरू बेला यस्तो लाउनुपर्छ भन्ने लाग्दैन । आफूलाई कम्फर्टेवल जे हुन्छ, त्यो लगाउँछु । समय, मौसम र स्थानले पनि ड्रेसको निर्धारण गर्दछ ।
आफूलाई कसरी फिट राख्ने गर्नुभएको छ ?
– म अलि दुब्लो छु । माछा मासु खाँदिन, ड्रिङ्स गर्दिनँ । त्यसैले मलाई केही शारीरिक प्रोब्लम छैन । आफ्नो उमेर अनुसार फिट देखाउन जिम जाने गरेको छु ।
कस्तो केटी मन पर्छ ?
–बोल्दा नडराउने, कन्फिडेन्ट्ली बोल्ने खालको केटी मनपर्छ । म भने जोसँग बोल्दा पनि आँखामा हेरेर बोल्न मनपर्छ । सिधै भन्नु पर्दा केटीहरूको आँखा मलाई मनपर्छ ।
मन पर्ने सङ्गीत ?
–स्लो सङ्गीत भएका नेपाली, हिन्दी र अङ्ग्रेजी गीत प्रायः सबै राम्रो लाग्छ ।
पहिलो प्रेमपत्र कसलाई र कहिले लेख्नुभयो ?
– प्रेमपत्र चाहिँ लेखेको छैन । तर ९, १० कक्षामा पढ्दा एउटी केटीलाई प्रेमको प्रपोज गरेको थिएँ ।
भविष्यका योजना केही छन् कि ?
– आज मिहिनेत गर्नुपर्छ । भोलि निश्चिय नै राम्रो हुन्छ भन्ने मेरो सोच रहने गरेको छ । सबै नेपालीले हाम्रो हो भनेर गर्व गर्नलायक चलचित्र अभिनय गर्ने, बनाउने सोच छ ।
बढी रुचि केमा छ ?
चलचित्र हेर्न मन लाग्छ । म दिनमा ४, ५ वटासम्म रेगुलर हेर्न सक्छु । अर्काे रुचि विभिन्न नयाँ नयाँ ठाउँ घुम्ने रहँदै आएको छ ।
सपना केही छन् कि ?
–नाम कमाउने ठूलो सपना थियो । त्यो चलचित्र अभिनयले पुर्याइदियो । अबको दिनमा आफूले अभिनय गरेको चलचित्रले यस अगाडिका भन्दा पनि धेरै रेकर्ड राखोस् र दर्शकको मनमा बस्न सकोस् भन्ने छ ।
रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?
–मलाई धेरै मनपर्ने अभिनेत्री भनेको बलिउडकी प्रियङ्का चोपडा हुन् । उनले बर्फीलगायत चलचित्रमा गरेको अभिनय निकै राम्रो छन् । उनीसँग कुनै दिन भेटँे, डेट जान पाएँ भने आफूलाई भाग्यमानी ठान्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण