शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जीवनदर्शन : दीर्घजीवी बन्ने सरल तरिका

शुक्रबार, ०३ भदौ २०७९, १६ : ३३
शुक्रबार, ०३ भदौ २०७९

प्राणायाम अत्यन्त प्रचलित शब्द हो । यसबारे बालकदेखि वृद्धसम्म सबै परिचित छन् तर प्राणायाम आफैँमा के हो र कसरी गर्ने वा गरिन्छ भन्ने कुरामा भने सबै परिचित नहुन सक्छन् । यस आलेखमा यसैबारे प्रष्ट पार्ने प्रयास गरिएको छ ।

प्रकृतिले हामीलाई जीवन मात्र दिएको मात्र छैन आत्मरक्षा प्रणालीको समेत व्यवस्था गरिदिएको छ । आत्मरक्षा प्रणाली भन्नाले आन्तरिक सुरक्षा प्रणाली भन्ने बुझ्नुपर्छ, जुन बाह्य सुरक्षा प्रणाली र प्रविधिभन्दा भिन्न र प्रभावकारी छ । जहाँ बाह्य सुरक्षा प्रणाली र प्रविधिले काम गर्न सक्दैन त्यहीँबाट आन्तरिक सुरक्षा प्रणाली सुरू हुन्छ । प्राणायाम यस्तै सुरक्षा प्रणाली हो ।

यस अर्थमा भन्नुपर्दा प्राणायामलाई जीवन उर्जा मान्नु मनासिव देखिन्छ । सर्वप्रथम यो वायु अर्थात् हावाको माध्यमबाट शरीरमा प्रवेश गर्छ र जीवन बनाउने र बचाउने काम गर्छ । यद्यपि प्राणायामको शाब्दिक अर्थ प्राणलाई रोक्नु भन्ने हुन्छ । महामुनि पतञ्जलिले यसै अर्थमा लिएका छन् । ‘तस्मिन् सति श्वासप्रश्वासयोर्गतिविच्छेदः प्राणायामः ।’ (पातञ्जदयोगदर्शन २।४९) तर यसको अर्थ त्यतिमा मात्र सीमित भने छैन । 

प्राणको धर्म नै गतिशील हुनु हो, जुन निरन्तर प्रवाहित छ, प्रवाहित हुन्छ । यो न आफैँ रोकिन्छ न कसैले रोक्नै सक्छ । स्वयं सृष्टिकता ब्रह्माजीमा समेत त्यस्तो सामथ्र्य छैन । त्यसैले प्राणायाम भन्नाले प्राणालाई रोक्नुमात्र नभई प्राणको बाटो पहिल्याउनु, प्राणको बाटोमा हिँडने प्रयास गर्नु, प्राणको बाटोलाई व्यवस्थित गर्ने प्रयास गर्नु हो भनेर बुझ्नुपर्ने हुन्छ । 

सामान्यतया प्राणायाम भन्नाले अनुलोम, विलोम हो भन्ने गरिएको पाइन्छ तर यति मात्र चाहिँ होइन । प्राणायामका अनेक भेद छन्, तरिका छन् । तिनमा जुन गरे पनि हुन्छ तर तरिका भने मिलाउनुपर्छ । अन्यथा लाभको सट्टा नोक्सानी गर्ने सम्भाना बढी हुन्छ । त्यसैले अनुभवी गुरुबाट सल्लाह लिएर उनीहरूका प्रत्यक्ष निगरानी गर्नु पर्ने हुन्छ तर केही प्राणायाम यस्ता पनि छन्, जुन गुरु विना पनि गर्न सकिन्छ र सबैका निम्ति फाइदा पनि उत्तिकै हुन्छ । यिनैमध्येका एउटा प्राणायामको नाम नाडी शोधन प्राणायाम हो । 

यस प्राणायामले कुण्डलिनी जागरणमा सहयोग पु¥याउँछ । त्यसैले यसलाई कुण्डलिनी जागरण प्राणायाम पनि भन्न सकिन्छ । यस प्राणायामलाई गर्न जति सजिलो छ त्यति नै बढी प्रभावकारी पनि छ । बालकदेखि वृद्धसम्म सबैले सजिलै गर्न सक्छन् । जहाँसम्म गर्ने तरिकाको कुरा छ यसका लागि तल एउटा लिङ्क दिइएको छ । इच्छा हुनेले त्यसैलाई खोलेर हेर्न र अप्नाउन सक्नुहुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप