शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रियलमी ९ प्रो फाइभजी र रियलमी सी ३ नेपाली बजारमा

आइतबार, ०५ भदौ २०७९, १६ : ५८
आइतबार, ०५ भदौ २०७९

स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी ९ प्रो फाइभजी  रियलमी सी ३  लन्च गरेको छ । लन्चमा बोल्दै रियलमी नेपालको कन्ट्री हेड मुनिश गिरीले भने, ‘यो हाम्रो लागि एकदमै महत्त्वपूर्ण स्मार्ट फोन सिरिज हो । उत्कृष्ट फिचर र पावर प्याक्ड पर्फर्मेन्ससहित नेपाली उपभोक्ताहरुले खोजेको मूल्यमा उपलब्ध छ ।

रियलमी ९ प्रो फाइभज मा अत्यधिक शक्तिशाली ब्याट्री, क्लास लिडिङ प्रोसेसर र फाइभजी चिप सेट रहेको छ । एन्ड्रोइड १२ ओएस भएको यो फोनको यूआई भर्जन ३.० रहेको छ । यसमा शक्तिशाली प्रोसेसर स्न्यापड्रागन ६९५ फाइभजी रहेको छ भने १२० हर्जको अल्ट्रा स्मुथ फुल डिस्प्ले रहेको छ । क्यामराको कुरा गर्नुपर्दा यसमा ६४ एमपिको ट्रिपल क्यामरा रहेको छ । १६ एमपिको वाइड एङ्गल सेल्फी क्यामराले ग्रुप सेल्फी लिन सहज बनाएको छ । त्यस्तै साइड माउन्टेन फिङर प्रिन्ट सेन्सर रहेको छ ।

५००० एमएएच को शक्तिशाली ब्याट्री भएको यो फोन प्रो फाइभजी स्ट्यान्ड–बाइ मोडमा ५८१ घण्टासम्म टिक्छ भने १३९ घण्टासम्म म्युजिक प्लेयर अन गर्न सकिन्छ । त्यस्तै यसमा भएको ३३ वाटको डार्ट चार्जिङ सोलुसनले जम्मा २७ मिनेटमा नै ५० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

अरोरा ग्रिन र सनराइज ब्लुमा ८ः १२८ जीबीको स्टोरेज क्षमतासहित उपलब्ध यसको मुल्य रु.३८,९९९ रहेको छ । यता रियलमी सी ३०  एन्ट्री लेभलको सबैभन्दा स्टाइलिस रियलमी सी ३० को अल्ट्रा स्लिम भर्टिकल डिजाइन रहेको छ ।

यसको हाइ स्पिड फ्ल्यास स्टोरेजले ३ गुणासम्म छिटो डाटा रिड र राइट गर्न सक्छ । यसमा पछाडिको क्यामरा ८ एमपिको छ भने अगाडिको क्यामरा ५ एमपिको छ । शक्तिशाली ५००० एमएएचको ब्याट्रीको साथमा प्रयोगकर्ताहरूले दिनभरी नै आनन्दसँग फोन चलाउन सक्फाइभजी् भने स्ट्यान्डबाइ मोडमा ४५ दिनसम्म टिक्छ ।

यो ब्याम्बू ग्रिन र लेक ब्लु रंगमा २–३२ र ४–६४ को स्टोरेजमा उपलब्ध छ । २–३२ को मुल्य रु.१४,४९९ छ भने ४–६४ को रु.१९,९९९ रहेको छ । रियलमी सी ३० नेपालभरका स्टोर र अनलाइन मार्फत दराजमा भदौ ५ गते बाट उपलब्ध हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप