उच्च संस्कारका बालबालिकाबाट देशले असल नेतृत्व पाउने छ : मन्त्री चौधरी
सहरी विकास मन्त्री मेटमणि चौधरीले उच्च संस्कारयुक्त बालबालिकाहरूबाट नै देशले नेतृत्व पाउने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, काठमाडौंद्वारा आयोजित उपत्यकाव्यापी अन्तरविद्यालय लोक सांस्कृतिक नृत्य प्रतियोगिता –२०७९ को उद्घाटन गर्दै मन्त्री चौधरीले भने, ‘झमककुमारीले खुट्टाले त्यत्रा ग्रन्थ लेखेकी छिन् । अरुनिता कान्जिलाल पनि धेरै मेहनत गरेरै चर्चित गायिका भइन् । लिङ्कन जस्तो गरिबी र अभाव झेलेको मान्छे मेहनत गरेरै अमेरिकाको राष्ट्रपति भए । राष्ट्रपति मात्र भएनन् दास प्रथाको अन्त्य गरे । मान्छेलाई सिक्रीले बाँधेर बेच्ने समाजलाई बदले ।’
बालबालिका असल सँस्कारसहित अघि बढ्न जरुरी रहेको बताउँदै मन्त्री चौधरीले थपे, ‘तपाईँहरू असल बन्नुहुनेछ । उच्च संस्कारयुक्त बन्नुहुनेछ र भोलि गएर तपाईँहरू नै नेतृत्व गर्ने ठाउँसम्म पुग्नुहुनेछ ।’ सहरी मन्त्री चौधरीले बालबालिकालाई सत्मार्गमा लगाउन समाजका अगुवा, शिक्षक तथा अभिभावक सबै लाग्नुपर्ने धारणा समेत राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण