सरकारी निवासमा टपलेस तस्बिर राखेकोमा माफी मागिन् मारिनले
शनिबार, ११ भदौ २०७९, १० : २८
फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिनले आफ्नो सरकारी निवासमा पाहुनाको टपलेस तस्बिर राखेकोमा माफी मागेकी छिन् ।
दुई प्रख्यात प्रभावशाली व्यक्तिको पछिल्लो तस्बिर जुलाईमा प्रधानमन्त्री निवासभित्र खिचिएको थियो र मंगलबार सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गरिएको थियो । तस्बिर उपर्युक्त नभएको प्रधानमन्त्रीले स्वीकारेकी छिन र उनले क्षमा याचना गरेकी छिन् ।
तस्बिरमा दुई जना महिलालाई “फिनल्याण्ड“ लेखिएको आधिकारिक देखिने चिन्हले आफ्नो खाली छाती छोपेर एकअर्कालाई चुम्बन गरिरहेको देख्न सकिन्छ । अतिथिले प्रयोग गर्ने शौचालयको तल तस्बिर लिइएको फिनल्यान्डका सञ्चार माध्यमले जनाएका छन् ।
‘हामीले पौडी खेल्यौं र सँगै समय बितायौँ’, मारिनले भनिन्, ‘यस्तो तस्बिर खिच्नु हुँदैनथ्यो तर भेटघाटमा असाधारण केही भएन । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण