सामसङको ग्यालेक्सी बड्स २ प्रो र ग्यालेक्सी वाच ५ सार्वजनिक
सामसङले नेपाली बजारमा तीन नयाँ उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी बड्स २ प्रो, ग्यालेक्सी वाच ५ र वाच ५ प्रो उत्पादन सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यी उत्पादनहरू हालसालै मात्र नेपालमा सार्वजनिक गरिएको हो ।
दुवै उपकरणहरुले सामसङले निर्माण गरेको विद्यमान इकोसिस्टमको स्तरोन्नति गरेको कम्पनीको दाबी छ । सामसङको ताररहित स्टेरीयो ग्यालेकसी बड्स २ प्रोले तपाईंलाई गहन श्रवणको अनुभव प्रदान गर्ने बताइएको छ ।
बड्स २ प्रोले गुणस्तरीय ध्वनि श्रवण गराउँने समेत सामसङको दाबी छ । यसमा जडित ताररहित हाइफाइ २४ बिट अडियो र एक तीक्ष्ण ३६० अडियोले प्रयोगकर्तालाई जस्तै भीडमा बसेर पनि बाहिरको डिस्र्टब नहुने बताइएको छ । यो उत्पादनको बजार मूल्य २७ हजार ९९९ कायम गरिएको छ ।
यसैगरी, ग्यालेक्सी वाच ५ र वाच ५ प्रो समेत प्रयोगकर्ताका लागि उपयोगि हुन कम्पनीको भनाइ छ । यी डिभाइसका पहिलेको संस्करणलाई सुधार गरेर अत्याधुनिक बनाउँदै यसको ब्याट्रीको जीवन, टिकाऊ पना लगायतमा सुधार गरिएको छ । दुवै ग्यालेक्सीवाच ५ र वाच ५ प्रोमाभएको बायोएक्टिभ सेन्सरको प्रयोगले प्रयोगकर्तालाई राम्ररी बुझन् सक्ने बनाइएको छ ।
सामसङ वाच ५ को मूल्य ३९ हजार ९९९ रुपैयाँ र वाच ५ प्रोको मूल्य ६४ हजार ९९९ रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा