कपिलवस्तुमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु
आइतबार, १९ भदौ २०७९, १० : ४३
कपिलवस्तुको बिजयनगर गाँउपालिका–७ जुगनियामा हिजो बेलुकी गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार काठमाडौं घर भई हाल कृष्णनगर भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी ३५ वर्षीय राम सेवन थारु रहेका छन् । भारतीय नम्बरको मोटरसाइकलमा सवार रहेका थारु हिजो बेलुकी ७ बजे अचानक खसेका थिए ।
मोटरसाइकलबाट खसेर घाइते भएका थारुको उपचारको क्रममा बहादुरगन्ज स्थित शिवराज अस्पतालमा बेलुकी पौने ८ बजे मृत्यु भएको हो । चालकलाई ईलाका प्रहरी कार्यालय गणेशपुरले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण