प्रेमिकासँग लिभ–इन रिलेसनमा वरुण ?
मुम्बई । वरुण धवनले हालै मुम्बईमा नयाँ घर किनेका छन् । जसको ओपनिङमा कयौँ सेलेब्रिटी र उनका साथीहरु पुगेका थिए । यस दौरान उनकी कथित प्रेमिका नताशा दलाल पनि देखिएकी थिइन् ।
यसअघि दुई जनाको ब्रेकअपको समाचार पनि बाहिर आएको थियो । तर, दुई जना फेरि सँगै देखिएपछि उक्त हल्लामाथि पूर्णविराम लागेको छ ।
वरुण र नताशा बच्चैदेखिको साथीहरु हुन् । उनीहरु एकै स्कूलमा पढेका थिउ ।
दुई जना कयौँ कार्यक्रम र पार्टीमा सँगै देखिएका छन् । तर, दुवैले आफ्नो सम्बन्धलाई खुलेर स्वीकार गरेका भने छैनन् ।
यस बीच दुवै एउटै फ्लाटमा सरेको खबर पनि बाहिर आएको थियो । तर, पिता डेविड धवनले उनीहरुलाई लिभ इन रिलेसनमा बस्नबाट रोकेको बताइएको छ ।
अब वरुणले नयाँ घर लिएपछि दुवै फेरि सँगै बस्ने तयारी गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।

वरुण हाल ‘अक्टुबर’ र ‘सुइधागा’ नामक चलचित्रको सुटिङमा व्यस्त छन् ।
सन् २०१२ मा स्टुडेन्ट अफ द इयरबाट बलिउडमा डेब्यु गरेका वरुणले त्यस यता मे तेरा हिरो, हम्प्टी शर्माकी दुल्हनिया, बदलापुर, एबिसीडी २, दिलवाले, ढिशुम, बद्रीनाथ की दुल्हनिया, जुडवा २ लगायत चलचित्रमा देखिएका छन् ।
उनले शाहरुख खानको माइ नेम इज खानमा एसिस्टेन्ट डाइरेक्टरका रुपमा पनि काम गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण