एमालेको लुम्बिनी प्रदेश कमिटीले जिल्लाबाट आएका सिफारिसमा राय लेख्दै
नेकपा एमाले प्रदेश कमिटी लुम्बिनीले क्षेत्र र जिल्लाबाट सिफारिस भएर आएका प्रतिनिधिहरुको नाम अध्ययन गर्दै राय लेख्न सुरु गरेकाे छ । प्रदेश कमिटीको आज दिउँसो बस्ने बैठकले जिल्लाबाट आएका सिफारिसको अध्ययन गर्दै राय लेखेर केन्द्रमा पठाउने तयारी गरेकाे हाे ।
प्रदेश कमिटीले क्षेत्र र जिल्लाबाट आएका सिफारिसहरूको अध्ययन गर्ने र केहीमा थप राय लेख्नु पर्ने भए क्षेत्रमा लेखेर केन्द्रमा पठाउने लुम्बिनी प्रदेश उपाध्यक्ष भोज प्रसाद श्रेष्ठले रातोपाटीलाई बताए ।
प्रदेशका १२ वटै जिल्लाबाट सङ्घ, प्रदेश र समानुपातिक नामावली आएको छ। उनले भने केही आरक्षण कोटा नमिलेका भए सच्चाउने र आवश्यकता अनुसार थप राय लेखेर प्रदेश कमिटीले केन्द्रमा पठाउनेछ ।
हिजोबाट सुरु भएको प्रदेश बैठकमा सबै जिल्ला अध्यक्षहरू रिर्पोटिङ गरेर भ्याएका छन् भने चुनावी रणनीति, केन्द्रले दिएका निर्देशन आदिका विषयमा छलफल भइसेको छ । आज साँझसम्म राय लेख्ने काम गर्ने प्रदेश कमिटीमा एक सदस्यले बताए। १२ वटै जिल्लाबाट सिफारिस गरेका नामहरू प्रदेशमा आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण