एमाले कर्णालीको निर्णय : जिल्लाबाट सिफारिस भएका नाम केन्द्रमा पठाउने
नेकपा एमाले कर्णाली प्रदेशले जिल्लाबाट प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस नाम केन्द्रमा पठाउने निर्णय गरेको छ । एमाले कर्णाली प्रदेश कमिटीले भदौ २१ र २२ गते वीरेन्द्रनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रदेश अध्यक्ष विनोदकुमार शाहले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा जिल्लाहरूबाट प्राप्त प्रत्यक्ष र समानुपातिक तर्फका सिफारिसलाई पार्टी केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरिएको जानकारी दिए ।
प्रदेश अध्यक्ष शाहको संयोजकत्वमा ३ सय १४ सदस्यीय प्रदेश निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई प्रभावकारी रूपमा परिचालन गर्न उक्त कमिटी गठन गरिएको छ ।
यस्तै, शाहकै संयोजकत्वमा २६ सदस्यीय सचिवालय गठन, आसन्न निर्वाचनमा पार्टीका सबै कमिटीहरूलाई तहगत निर्वाचन परिचालन कमिटी गठन गर्न निर्देशन दिने, पार्टीको प्रदेश, जिल्ला, प्रतिनिधिसभा, प्रदेशसभा, गाउँ-नगरपालिका, वडा र टोल गरी ७ तहका निर्वाचन परिचालन कमिटी गठन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण