लुम्बिनी प्रदेश प्रमुख समक्ष लोकसेवा आयोगको प्रतिवेदन प्रस्तुत
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन समक्ष प्रदेश लोकसेवा आयोगका प्रमुख डिलाराम भट्टराईले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज आयोजित एक कार्यक्रममा लोकसेवा आयोगका प्रमुख भट्टराईले २०७८ श्रावणदेखि २०७९ असारसम्म आयोगले सम्पादन गरेका काम कारवाहीसहितको प्रतिवेदन प्रस्तुत गरे ।
आयोगका प्रमुख भट्टराईले आयोगले प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवामा कर्मचारी पदपूर्तिका लागि ४४ वटा कार्यक्रम निर्माण गरिएको बताए । उनले प्रदेश निजामति सेवातर्फ वन रक्षक पदको परीक्षा सञ्चालन गरी एक सय छ जना छनोट गरी सिफारिस गरिएको, सहायक पाँचौ तहमा छ जना, सहायक चौंथो तहमा ११ जना छनोट गरी सिफरिस गरिएको जानकारी गराए ।
प्रदेश निजामति सेवा ऐन नबन्दा प्रदेश तहका कर्मचारीको नियुक्ति, सरुवा, बढुवा र अन्य वृत्ति विकासका काम हुन नपाएकाले उक्त ऐन निर्माण आवश्यक रहेको बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले कानुन नबन्दा प्रदेश लोक सेवा आयोगले सक्रियता देखाउन नसकेको बताए । “आयोग गठन भएको तीन वर्ष पूरा हुँदा पनि काम गर्न नसक्ने अवस्था हुनु दुःखद् पक्ष हो । कानुन र व्यवस्थापकीय रुपमा जति प्रदेश बलियो हुन्छ त्यति नै सङ्घीयता बलियो हुन्छ”, उनले भने ।
संवैधानिक व्यवस्थाअनुसार आयोगले कर्मचारी भर्ना गर्न पाउनुपर्ने बताउँदै उनले कर्मचारीको अभावमा जनताले सेवा लिन समस्या हुने अवस्थाको अन्त्य हुनुपर्ने उल्लेख गरे । सङ्घीयतालाई बलियो बनाउन सङ्घले प्रदेशलाई पूरा अधिकार दिनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण