बाँकेमा सवारी दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
शनिबार, २५ भदौ २०७९, १२ : १३
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी–९ ढकेरीस्थित झिंझरी पुलमा शुक्रबार साँझ बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको भे १ ख १९२५ नंको बस र अगैयाबाट कोहलपुरतर्फ जाँदै गरेको भे ७ प ५४५० नंको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक खड्कविक्रम श्रेष्ठको मृत्यु भएको छ ।
मोटरसाइकल चालक राप्तीसोनारी–३ भवनीयापुर निवासी श्रेष्ठको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार अर्का सावित्रा थारू गम्भीर घाइते हुनुभएको छ । उहाँको अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण