कैदीबन्दीलाई स्वरोजगार बनाइँदै
जिल्ला कारागार कार्यालय घोराहीमा १२४ कैदी र २१५ बन्दी गरी ३३९ जना कैदीबन्दी छन् । उनीहरुमध्ये केही कैदीबन्दी कारागारभित्रै स्वरोजगार भएका छन् । भोलि जेलमुक्त भएपछि समाजमा स्थापित हुन सहज होस् भन्ने उद्देश्यले उनीहरुले कारागारभित्रै सीपमुलक काम गरिरहेका छन् ।
घोराही उपमहानगरपालिका–७, जन्द्रागाउँका ५५ वर्षीय कुन्ताराम थारु (परिवर्तित नाम) आफ्नै धुनमा मुढा बुन्दै थिए । कर्तव्य ज्यान मुद्दामा दश वर्ष कैद सजाय तोकिएका थारूले चार वर्ष कैद भुक्तान गरिसकेका छन् । चार वर्षमै उनले कारागारभित्र मुढा बुन्ने सिप सिक्दै खर्चको जोहो गर्दै आइरहेका छन् ।

थारुले भने, ‘खनजोत गर्ने सक्ने मात्रै सिप थियो । कारागारमा आएपछि मुढा बनाउन सिकेँ । कारागारभित्रै काम गरेर घरपरिवार र मेरो खर्च टरेको छ ।’ थारुले मासिक आठ÷दश हजार रुपैयाँ बचत गर्दै आइरहेको सुनाए ।
लमही नगरपालिका–९ निवासी ३८ वर्षीय श्यामलाल चौधरीको (परिवर्तित नाम) हातमा पनि केही सिप थिएन । कारागार पसेपछि थारुले गलैंचा बनाउने सिप सिके । कर्तव्यज्यानमा दश वर्ष कैद तोकिएका चौधरीले सात वर्ष जेलमै बिताइसकेका छन् । उनी अहिले गलैंचा बुन्न पोख्त छन् । त्यही सिपले आफ्नो र घरको खर्च टारिरहेको उनले बताए ।
उनले भने, ‘गलैंचा बनाउन नसिकेको भए घरमा बुढी आमा र सानो छोरा भोकै मर्ने थिएजस्तो लाग्छ ।’ उनी गलैँचा बुनेर मासिक पाँच÷सात हजार कारागारमै कमाउँछन् ।
जवरजस्ती करणी मुद्दामा कैद भुक्तानी गर्दै आइरहेका लमही निवासी ३० वर्षीय पर्शुराम चौधरीले कारागारभित्र फर्निचरको काम गर्दै आएका छन् । जेल जीवनअघि गाउँमा घर बनाउने काम गर्दै आएका चौधरीले जेलभित्र फर्निचर निर्माणको काम गर्न थाले ।

सीपले सान्त्वना र सम्मान
कारावासपछि परिवार र समाजमा आफ्नोबारे भिन्नै खालको सोच भए पनि कारागारमा आफूले सिकेको सिपले अहिले आफू र परिवारलाई सान्त्वना मिलेको कैदीबन्दीहरुको भनाइ छ । जेल जीवन बिताइरहेका लमहीकै ३० वर्षीय वर्षमान चौधरीले भने, ‘कारागार पसेपछि पछुतो भएन । घर फर्किएर केही गर्ने सिप सिकेँ । धेरथोर लगानी गरी कारावासपछि घर फर्किएर केही काम गर्ने सोचमा छु ।’
कारावासको सिपले कैदीहरूलाई आर्थिक लाभमात्रै होइन, सामाजिक सम्मान दिन सक्ने कारागार कार्यालय घोराहीका प्रमुख बासुदेव खनालको भनाइ छ । ‘सिपले नकारात्मक सोच विस्थापित गर्दै सकारात्मक सोच स्थापित गर्छ,’ उनले भने, ‘अधिकांश अपराध आर्थिक विषयसँग जोडिएकाले जेल जीवनपछि उनीहरुलाई समाजमा फर्किन सहज होस् र आफूले सिकेका सिपबाट स्थापित हुन सकुन् भन्ने उद्देश्यले कैदीबन्दीलाई रोजगारीसँग जोडेका हौं ।’

कारागारमा गलैँचा, मुढा, विद्युत मर्मत, कपाल काट्ने र खाजा बनाउने काम सिक्दै कैदीबन्दीहरु स्वरोजगार बनिरहेको उनको भनाइ छ । कारागारमा अहिले १ जना फर्निचर, ८ जना गलैँचा, १ जना विद्युत मर्मत सम्भार, दुुई जना खाजा बनाउने कामसहित १२ जनाले नियमित आयआर्जनको काम गरिरहेको उनले बताए ।
कैदीहरूले एउटा गलैँचा बनाए ५ हजार, मुढा बनाए बापत ३ सय, ठूलो र्याक सहितको दराज बनाए ३ हजार पाँचसय रुपैयाँ मजदुरी लिने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण