२०२२ संस्करणको नेक्स्ट–जेन फोर्ड रेन्जर अब नेपाली बजारमा
जि.ओ. अटोमोबाईल्स् प्रा. लि. ले २०२२ संस्करणको २.० लि. नेक्स्ट जेन फोर्ड रेन्जर नेपाली बजारमा भित्राएको छ । नेक्स्ट–जेन रेन्जर ६–स्पीड र १०–स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छन् । हालको रेन्जरमा रहेको जस्तै ६–स्पीड ट्रान्समिसन प्रमाणित स्वचालित ट्रान्समिसन हो ।
यसले गाडीको गति, सडकको अवस्था हेरी सही समयमा सही गियर लगाई सवारीलाई सहज बनाउँछ । नेक्स्ट–जेन रेन्जरको १०–स्पीड अटोमेटिक ट्रान्समिसनलाई पनि अपग्रेड गरिएको छ । यसमा टर्क कन्भर्टरको साथमा अपडेटर सिफ्ट ढाँचा जस्ता परिष्कृत नियन्त्रणहरू समावेश गरेका छन् जसले गर्दा टोईङ्ग वा भारी सामान लादेर चलाउँदा पनि नेक्स्ट जेन रेन्जरले उत्कृष्ट ड्राईभिङ्गको अनुमति दिन्छ ।
यसमा रहेको ईलेक्ट्रिक पार्किङ्ग ब्रेकले साहसिक तथा अफ–रोड ड्राईभमा गाडी हाक्न थप सजिलोपन तथा आत्मविश्वास प्रदान गर्दछ । रेन्जरमा रहेको यो फिचर मध्यम पिकअपहरु मध्ये यसमा मात्र रहेको छ ।
नेपालमा २०२२ नेक्स्ट–जेन फोर्ड रेन्जरको लागि आकर्षक परिचयात्मक मूल्य एक्सएल मोडेलको लागि १ करोड ५ लाख ९० हजार, एक्सएलटीको लागि १ करोड १९ लाख ९० हजार र वाइल्ड ट्रयाकको लागि १ करोड ४५ लाख ९० हजार मूल्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
-
फिर्केखोला संरक्षणमा चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण