मोतीपुर औद्योगिक करिडोरमा जग्गाको नापजाँच शुरु गरिंँदै
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच गर्ने काम मंगलबारदेखि शुरु हुने भएको छ । जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चपाईको अध्यक्षतामा बुटवल उपमहानगरपालिकाको कार्यालयमा बसेको कार्यदलको बैठकले मोतीपुर औद्योगिक क्षेत्रको नाममा रहेको जग्गा र सो क्षेत्रको वस्तुस्थितिको यथार्थ अवस्था पहिचान गर्नका लागि मंगलबारदेखि ड्रोनबाट नापजाँच गर्ने निर्णय गरेको हो ।
बैठकले मंगलबार बिहानदेखि ड्रोनमार्फत जग्गाको नापजाँचको काम शुरु गर्ने निर्णय गरेको कार्यदलका सदस्य सचिव बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए । पन्थीका अनुसार मंगलबार बिहान बुटवल १७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट नाप जाँचको काम शुरु गरिनेछ । उक्त क्षेत्रमा कुन ठाउँदेखि कुन ठाउँसम्म कति जग्गा औद्योगिक क्षेत्रको नाममा रहेको हो भन्ने यकिन नभएकाले ड्रोनबाट नापजाँच गर्ने र त्यसैअनुसार प्रतिवेदन तयार गर्ने जिम्मेवारीअनुसार काम अघि बढाइएको सदस्य सचिव पन्थीले जानकारी बताए ।
बैठकमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले औद्योगिक क्षेत्र सफल बनाउन स्थानीय र राजनीतिक दललाई सहयोग गर्न आग्रह गरे । उनले औद्योगिक क्षेत्रको मूल समस्या समाधान गर्दै उद्योगी व्यवसायीलाई समेत आकर्षित गर्नका लागि नगरले आवश्यक काम अघि बढाउने बताए ।
बैठकमा कार्यदलका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँले औद्योगिक क्षेत्र रुपन्देहीको लागि महत्वपूर्ण भएकाले सबैलाई साथ दिन आग्रह गरे । उनले राजनीतिक दल, स्थानियबासीलाई साथमै लिएर अघि बढ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण