पाल्पामा दुईवटा मोटरसाइकल ठोक्किँदा ३ जना घाइते
बुधबार, २९ भदौ २०७९, ११ : १३
पाल्पाको रामपुर नगरपालिका–८ गैरी खेतमा हिजो दुईवटा मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन् । कालिगण्डकी करिडोर सडकमा विजयपुरबाट भुजाततर्फ जाँदै गरेको लु २९ प ३८२७ र विपरित दिशाबाट आउँदै गरेको लु २१ प ५९२८ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
दुर्घटनामा ३८२७ नम्बरको मोटरसाइकल चालक पाल्पा रामपुर नगरपालिका–८ का ३४ वर्षीय यमबहादुर साठीघरे, सोही मोटरसाइकलमा पछाडि सवार रामपुर–१० का २९ वर्षीय जयबहादुर परियार र ५९२८ नम्बरको मोटरसाइकल चालक रामपुर–५ का २१ बर्षीय बिष्णु माझी रहेका छन् । घाइतेहरुको रामपुर अस्पतालमा उपचार भइरहेको छ ।
हिजो बेलुकी पौने ७ बजे भएको सवारी दुर्घटनामा घाइतेमध्ये बिष्णु र जयको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण