नदीजन्य पदार्थ चोरी निकासी बढ्यो
कपिलवस्तुको शिवराज नगरपालिकाको सुरही खोलाबाट नदीजन्य पदार्थको चोरी निकासी बढेको छ । नदीजन्य पदार्थ उत्खनन् गरी तस्करी हुने गरेको स्थानीयले बताएका छन् ।
सुरही खोलाको हल्लानगर, हरहट्टी, बिसुनपुर, लक्ष्मणघाटलगायत नाकाबाट नदीजन्य पदार्थको चोरी निकासी हुने गरेको पाइएको छ । सुरही खोलाबाट केही व्यक्तिले नदीजन्य पदार्थ चोरी गरिरहँदा पनि स्थानीय जनप्रतिनिधि मुकदर्शक बनेका छन् । प्रहरी प्रशासनकै मिलेमतोमा यस्तो काम हुने गरेको स्थानीय रामप्रकाश थापाको आरोप छ ।
चोरी निकासी हुँदा करोडौँ रुपैयाँको राजश्व गुमिरहेको छ । हरेक वर्ष असारदेखि भदौसम्म खोलाबाट नदीजन्य पदार्थ उत्खनन्को व्यवस्था छ । अन्य समयमा स्थानीय तहले ठेक्कामार्फत तथा आवश्यक राजश्व बुझाएर मात्रै उत्खनन र निकासी गर्न पाइने प्रावधान छ । रातको समयमा नदीजन्य पदार्थ उत्खनन र चोरी निकासी हुँदा राजश्व गुमिरहेको छ भने अर्कोतिर अव्यवस्थित उत्खननले जोखिम बढाएको छ ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले बालुवा तस्करी गर्नेलाई कानुनी कारवाही गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण