रुपन्देहीका सडकमा छाडा चौपायाले समस्या
रुपन्देहीको भैरहवामा छाडा चौपायाले सडक अवरोध गरेर सवारी आवागमनमा समस्या निम्त्याएपछि छाडा चौपायाको ब्यवस्थापन गर्न शुरु गरिएको छ । भैरहवामा छाडा चौपायाको व्यवस्थापन गर्न नयाँ योजना अपनाइएको हो ।
भैरहवाको सिद्धार्थनगर नगरपालिकामा छाडा चौपायाहरू गाई–गोरु र कुकुर छन् । बुधवार वडा नम्बर ६ स्थित शिवदास हलुवाईको गाई फर्ममा ५ वटा गाईको कानमा ट्याग लगाएर योजनाको सुरुवात गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौडेलले जानकारी दिए । गाई फर्महरुले दुध छुटाएका गाईलाई सडकमा छोड्ने गरेका छन् ।
सिद्धार्थनगर नगरपालिका नगर प्रमुख इश्तियाक अहमद खानले नगरमा छाडाचौपायाको व्यवस्थापन योजना अन्तर्गत नगरमा कृषकले पालेका गाई–गोरुको तथ्यांक संकलन गरी छाडा छाडिने गाई–गोरुको नियन्त्रणका लागि उनीहरुको कानमा ट्याग लगाइएको बताए । कृषकले पालन गरेका गाई–गोरु छाडा नछाडुन भन्ने उद्देश्यले पहिचानका लागि गाई–गोरुको कानमा ट्याग लगाउन सुरु गरेको नगर प्रमुख खानले बताए ।
भैरहवामा जस्तै बुटवलमा पनि छाडा चौपायाले सडकमा सवारी समस्या सृजना गरेका छन् । ट्राफिक प्रहरीले छाडा चौपाया ब्यवस्थापन गर्ने प्रयास गरिरहेको भएपनि समस्या समाधान हुन सकेको छैन । छाडा चौपाया धपाएर बुटवल नजिकै शिवनगर वनमा छोड्ने गरिएपनि पुनः ती चौपाया फर्केर आउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण