छिमेकीसँग सम्बन्ध राखेको थाहा पाएपछि श्रीमान्को हत्या
बिहीबार, ३० भदौ २०७९, १६ : २९
रुपन्देहीको तिलोत्तमा एक महिलाले श्रीमान‍्को हत्या गरेकी छन् । छिमेकी पुरुषसँग अवैध सम्बन्ध रहेको श्रीमान‍्ले थाहा पाएपछि तिलोत्तमा–१५ मा ३९ वर्षीया ग्रिजादेवी थारुले ४२ वर्षका जगदीश चौधरीको हत्या गरेकी हुन् ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार थारुले आफ्नै घरको कोठाभित्र खाटमा सुतिरहेको अवस्थामा फलामको धारिलो हतियारले घाँटी तथा शरीरका विभिन्न भागमा प्रहार गरी जगदीशको हत्या गरेकी हुन् ।
थारुको छिमेकी ५२ वर्षको फूलचन्द्र बानियाँसँग अवैध सम्बन्ध रहेको श्रीमान‍्ले थाहा पाएपछि पटक–पटक झगडा हुने गरेको थियो । जगदीशको हत्या गर्न बानियाँले पनि सघाएको भन्दै प्रहरीले उनलाई पनि पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए । उनले घटनबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण