लुम्बिनी प्रदेश प्रमुख शेरचनसमक्ष वार्षिक प्रतिवेदन पेश
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्य महान्यायाधिवक्ता कार्यालयले बुधबार एक समारोहका बीच वार्षिक प्रतिवेदन हस्तान्तरण गरेको छ । मुख्य महान्यायाधिवक्ता श्रीकृष्ण सुवेदीले आर्थिक वर्ष २०७८–७९ को न्यायिक क्षेत्रमा भएका प्रगति विवरण तथा गतिविधिसहितको प्रतिवेदन हस्तान्तरण गरेका हुन् । प्रतिवेदनअनुसार लुम्बिनी प्रदेशमा सरकार विरुद्ध १२८ मुद्दा दर्ता भएको छन् ।
महान्यायाधिवक्ता सुवेदीले लुम्बिनी प्रदेश सरकारविरुद्ध दर्ता भएका १२८ वटा मुद्दा मध्ये ४८ वटा फर्स्योट भएको बताए । उनले अझै ८० वटा मुद्दा बाँकी रहेको बताए । सरकार विरुद्ध परेको मुद्दामा ६५ प्रतिशत मुद्दा सरकारले जितेको उनको भनाई छ ।
महान्यायाधिवक्ता कार्यालयमा कर्मचारीको कमी रहेकोले अपेक्षा गरे अनुसार कानुन निमार्ण र मुद्दा फर्स्योट गर्न भने नसकिएको बताए। प्रतिवेदन बुझ्दै शेरचनले कार्यालयले पेस गरेको प्रतिवेदन सन्तोषजनक रहेको बताए । उनले सरकारबाट केही कमजोरी देखिए पनि धेरै पक्ष राम्रा रहेको बताए ।
प्रतिवेदनमा ६५ प्रतिशत मुद्दाको फैसला सरकारको पक्षमा आउनु धेरै राम्रो भएको बताए । उनले आगामी दिन थप सुधार गर्दै जनताका पक्षमा राम्रा निर्णय गर्ने तर्फ लाग्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण