रुपन्देहीमा सडक अतिक्रमण गरेर बनाएका संरचना हटाउन आग्रह
रुपन्देहीमा सडक अतिक्रमण गरेर बनाएका संरचना हटाउन स्थानीय निकायले धमाधम अभियान थालेका छन् । यहाँको सियारी गाउँपालिकाले सडक अतिक्रमण गरी बनाएका संरचना, सडक पेटीमा थुपारिएका निर्माण सामाग्री हटाउन १० दिनेको समय सीमा तोकेको छ । १० दिनको अल्टिमेटम दिएर गाउँपालिकाले अव्यवस्थित संरचना हटाउन आग्रह गरेको हो ।
सियारी गाउँपालिकाका निमित्त प्रमुख प्रमुख प्रशासकीय अधिकृत सुधीर पौडेलले एक विज्ञप्ती जारी गर्दै सडकमा थुपारिएको निर्माण सामाग्री तथा सडकमा गाईवस्तु राख्ने गर्दा पालिकाको सुन्दरता बिग्रिएको भन्दै हटाउन निर्देशन दिएका छन् ।
खासगरी बेथरी–बेलवास सडक खण्डमा अनाधिकृत रुपमा निर्माण सामाग्री थुपार्ने, ट्रक ट्याक्टर पार्किङ गर्ने, पशु चौपायाहरू बाध्ने, सडकको क्षेत्राधिकार मिचि ठेला तथा टंकी राख्ने कार्यले सफा,सुन्दर र व्यवस्थित गाउँपालिका बनाउने अभियानलाई अवरोध गरेको भन्दै यसलाई हटाउन पालिकाले अनुरोध गरेको हो ।
असोज ८ गतेभित्र सडक किनाराको अवरोध नहटाए कानुन बमोजिम अगाडि बढ्ने गाउँपालिकाले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण