संविधान जोगाउन गणतन्त्र पक्षधर एकताबद्ध होऔं : मुख्यमन्त्री केसी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधान कार्यान्वयन र रक्षाका लागि गणतन्त्र पक्षधरहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । नेपालको संविधानमाथि दिन प्रतिदिन खतरा उत्पन्न भएको बताउँदै उनले गणतन्त्र र संविधान विरोधीहरुले दुई पटकसम्म संसद विघटन गरेर संविधान च्यात्ने प्रयास गरेको टिप्पणी गरे ।
लुम्बिनी प्रदेश सरकारद्वारा सोमबार बुटवलमा आयोजित संविधान दिवस २०७९ को कार्यक्रमलाई सम्वोधन गर्दै उनले संविधान विरोधी प्रवृत्तिलाई राज्यले समयमै चिन्नुपर्ने उल्लेख गरे । लुम्बिनी प्रदेश सरकारले आफ्नो कार्यकालमा नमूना कार्य गरेको बताउँदै उनले त्यसको प्रचार भने पर्याप्त हुन नसकेको बताए । उनले लुम्बिनी प्रदेशका गौरवका आयोजनाका काम जारी रहेको बताए ।
लुम्बिनी प्रदेशलाई समृद्ध बनाउन सबैको सहयोग आवश्यक रहेको भन्दै मुख्यमन्त्री केसीले नेपालको संविधान २०७२ बलिदानबाट प्राप्त भएको भन्दै त्यसमा परिवर्तनकारी शक्तिको हक लाग्ने उल्लेख गरे । परिवर्तनकामी शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले उनै शहीदहरुको बलिदानबाट संघीयता सहितको लोकतान्त्रिक गणतन्त्र स्थापना भएको चर्चा गरे ।
कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु लगायत मन्त्रीहरु, प्रमुख सचिव, सचिव लगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण