बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी प्रदेशमा यात्रु सहायता कक्ष निर्माण गरिने

मङ्गलबार, ०४ असोज २०७९, १८ : २०
मङ्गलबार, ०४ असोज २०७९

चाडपर्व नजिकिँदै गर्दा लुम्बिनी प्रदेशमा ट्राफिक व्यवस्थापनका लागि प्रहरीले गृहकार्य थालेको छ । लुम्बिनी प्रदेश ट्राफिक कार्यालयले चाडपर्व लक्षित कार्यक्रम ल्याउने तयारी गरेको हो । 
प्रदेश ट्राफिक कार्यालय बुटवलका प्रहरी उपरीक्षक योगेन्द्रसिंङ  थापाका अनुसार ट्राफिक प्रहरी कार्यालयले यात्रुको चाप हुने ठाउँमा यात्रु सहायता कक्ष निर्माण गर्नेछ । यात्रु सहायता कक्षबाट प्रहरीले यात्रुलाई गन्तव्यमा जान सघाउने छ । 
सवारी साधन चालकले यात्रुलाई बढी भाडा लिने, एक सिटमा धेरैलाई टिकट कटाउने, मादक पदार्थ सेवन गरेर गाडी चलाउनेलाई निगरानीमा राखेर कारवाही गरिने थापाले बताए । मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकलाई चेकजाँच गर्न नयाँ ब्रेथलाईजर मेशिन खरिद गरिएको पनि उनले जानकारी दिए । गत वर्ष लुम्बिनी प्रदेशमा ४५ वटा यात्रु सहायता कक्ष निर्माण गरिएको भएपनि अहिले यात्रुको चाप अनुसार थप्न सकिने उनले उल्लेख गरे । 
घटस्थापनाको केही दिनअघि देखि छड पर्वसम्म चाडपर्व लक्षित कार्यक्रम गरिने थापाले बताए । उनका अुनसार नर्मल चेकजाँच र आकस्मिक चेकजाँच दुबै गरिने छ । यात्राका क्रममा यात्रुहरु ठगिने संभावना भएकाले उनीहरुलाई सुसूचित गरिने उनले बताए । खासगरी बसपार्क क्षेत्र र यात्रुको चाप हुने चोकहरुमा यात्रु सहायतका राखिने थापाले उल्लेख गरे । 

बुटवलमा सडक विस्तारको काममा ढिलाई हुँदा पूर्वपश्चिम राजमार्ग भएर गुड्ने सवारी साधनलाई समेत सास्ती छ । बुटवलको वेसक्यामदेखि चौराहा, मिलनचोक, अस्पताललाईन हुँदै नेपालगन्ज रोड भएर राजमार्गमा यात्रा गर्ने यात्रुले सास्ती भोगेका छन् । सडक निर्माणको काम नसकिएकाले एकतर्फी बाटो संचालन गरिएपछि नयाँ वर्षपार्कदेखि नेपालगंज रोडसम्म सवारी जाम हुने गरेको छ । 

सवारी साधनको चापले बुटवलमा पार्किङको समेत अभाव भएको छ । सवारी पार्किङको समाधानको लागि नयाँ बसपार्कको दक्षिणतर्फ तीन तले बहुउद्देश्यीय भवन बनाउने तयारी गरिएको बुटवल उपमहानगरपालिकाका प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप