बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

बुधबार, ०५ असोज २०७९, १० : ०८
बुधबार, ०५ असोज २०७९

ज्यान मुद्दाको फैसलापछि फरार रहेका एक प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन् ।  २०५८ साल साउन २१ गते राति रुपन्देहीको बिष्णुपुरा गाविसको वडा नं ७ मा पसल गरी बस्ने खडकबहादुर श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको ठहर भई हालसम्म फरार रहेका ५७ वर्षीय रामपति अहिर यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको टोलीले यादवलाई मंगलबार पक्राउ गरेको हो । उक्त घटनामा  संलग्नहरु भारतका विभिन्न स्थानमा लुकिछिपी रहँदै आएका थिए । 
रुपन्देही जिल्ला अदालतको २०७३ साल बैशाख ३० गतेको फैसला पश्चात फरार प्रतिवादीमध्येका एक रामपति यादव घटनाको २१ वर्षपछि पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक  श्यामु अर्यालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप